पक्राउ पक्राउ

  • पक्राउ
  • पक्राउ
  • पक्राउ
  • पक्राउ
  • पक्राउ
  • पक्राउ

पाँच करोड अपचलन गरेको आरोपमा बैंकका कर्मचारीसहित तीनजना पक्राउ

2 December, 2017 23:07 | अर्थ | comments | 96750 Views

पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कृषि विकास बैंक न्यूरोड शाखाको झण्डै ५ करोड रकम हिनामाना गरेको अभियोगमा तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैंककै कर्मचारी (सहायक टेलर) दिपिका रेग्मी, बालाजुका प्रकाश घतानी र दोलखा घर भई काठमाडौं ३२ मा बस्ने रेमशकुमारथापा छन् ।

प्रहरीका अनुसार रकम हिनामिनामा रेग्मीको मुख्य संलग्नता देखिएको छ । बैंकको न्यूरोड शाखाबाट अन्तर शाखा कारोबार हिसाब क्लियरिङको रकम पेण्डिङ भएको देखाएर ४ करोड ९१ लाख हिनामिना गरेको पाइएको छ ।

प्रहरीका अनुसार सहायक टेलर रेग्मीले सेवाग्राहीले जम्मा गरेको चेक ‘इलेक्ट्रोनिक चेक क्लियरेन्स’ मार्फत सम्वन्धित सेवाग्राहीको खातामा जम्मा गरेपछि भुक्तानी वापत जेनेरेट गरेको रिपोर्टलाई इडिट गरेर त्यही चेक पुनः प्रयोग गरेको र बैंकमा रहेको आफ्नो र आफन्तको खातामा रकम जम्मा गरेको खुल्न आएको छ ।

यसरी जम्मा भएको रकम उनले सुनचाँँदी लगायतका सामाग्री खरिदमा प्रयोग गरेको भेटिएको छ । केही रकम भने प्रकाश घतानीको खातामा जम्मा भएको खुलेको छ । त्यसबापत उनले भने रेग्मीलाई सुनका गरगहना दिने गरेको सीआईबीको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका रमेशकुमारले भने रेग्मीको सहयोगीका रुपमा काम गरेको प्रहरीको अभियोग छ ।

प्रहरीले उच्च अदालत पाटनबाट ५ दिनको म्याद लिएर तीनै जनामाथ बैंकिङ कसुरमा अनुसन्धान थालेको छ ।

बास बस्या घरमा महिलालाई दुर्व्यबहार गर्ने अधिकृत पक्राउ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
पक्राउ

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!