पाँच महिना घरबाट बाहिर निस्कन सकिन -शिल्पा सेट्टी

17 February, 2017 20:09 | कला/मनोरन्जन , वलिउड | comments | 1 Views

अभिनेत्री करीना कपूर आमा बन्ने क्रममा पहिलेको तुलनामा निकै मोटाईन् । हाल उनी त्यहि मोटोपनलाई कम गर्न र शरीरलाई पहिलेकै अवस्थामा ल्याउने प्रयासमा छिन् । करिना कपूर बलिउडकी जिरो फिगरकी अभिनेत्री भनेर चिनिन्थिन् ।

shilpa-shetty__1487313008

तर हाल उनको शरीर जिरो हैन एक भएको छ । अहिले करीना तौल घटाउने बिभिन्न उपायहरु अपनाईरहेकी छिन् । उनी योगा, जिम लगायत शारीरिक व्यायम गरिरहेकी छिन् भने खानपिनमा पनि कन्ट्रोल गरिरहेकी छिन् । बढेको तौलमा करिनाको चिन्ता र तौल घटाउन उनले गरेको कोशिस देखेर शिल्पा शेट्टीले आफू आमा बन्दाको पल सम्झिएकी छिन् ।

उनले आमा बन्दाको त्यो पल सम्झिदै, जो कोहीलाई पनि तौल बढेपछि गाह्रो हुने बताएकी छिन् । त्यस माथि पनि अभिनेत्री भईसकेपछि त झनै गाह्रो हुन्छ । त्यस कारण करिनाको समस्या म बुझ्छु । किनकी करिनाको जस्तै पीडा मैलै पनि भोगेकी छु भन्दै उनले आफू आमा बनेपछि पाँच महिना घरबाट बाहिर ननिस्किएको बताईन् । त्यस बखत केही महिलाहरुले त उनको मोटोपनको मजाक नै उडाउँथे रे ।

‘मानिसहरु आफ्नो फिटनेस कस्तो छ त्यो हेर्दैनन् तर अरुको भने यस्तो र उस्तो भनेर मजाक उडाउँछन् । तर सबैले आफ्नो फिटनेसको बारेमा सोच्न जरुरी छ । मलाई अरुले के भन्छन् त्यसले असर पार्दैन । किनकी हामी त सेलिब्रेटी हो त्यस कारण हामीलाई धेरैले धेरै किसिमले जज गर्छन्’ उनले एजेन्सीलाई भनेकी छिन् । सन् २००९ मा व्यापारी राज कुन्द्रसँग विवाह गरेकी शिल्पा २०१२ छोरा वियानकी आमा बनेकी हुन् । शिल्पा अहिले बलिउडकी सबैभन्दा फिट अभिनेत्रीमा पर्छिन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More