पाकिस्तानमा भएको बम विस्फोटमा पाँचकोे मृत्यु, पच्चीस जना घाइते

12 August, 2017 11:10 | विश्व समाचार | comments | 10800 Views

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा शुक्रबार भएको बम विस्फोटनमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अरु २५ जना घाइते भएका छन् ।

कसलाई लक्षित गरी आक्रमण गरिएको थियो भन्ने कुराको अहिलेसम्म पनि एकिन नभएको सञ्चार माध्यमहरूले जनाएका छन् । तर विष्फोटनमा परी मृत्यु हुनेहरू सवै जना पैदलयात्री रहेका बताइएको छ ।

सडकको छेउमा विस्फोटक पदार्थ राखेर रिमोर्ट मार्फत् लडाकूहरूले विस्फोटन गराएको स्थानीय राजनीतिक पदाधिकारीले जानकारी दिएका छन् । घाइते सवैलाई विभिन्न स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ भने घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको अस्पताल श्रोतले जनाएको छ ।

विस्फोटनपछि घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । अहिले सम्म घटनाको कुनै पनि समुहले जिम्मेबारी लिएको छैन ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More