Thursday 23, February 2017
नेपाली समय: 11:07:19
जापानी समय: 02:22:19

पाकिस्तानमा ३९ जना संदिग्ध आतंककारी पक्राउ

17 February, 2017

पाकिस्तानको सिन्ध प्रान्तको दक्षिणमा पर्ने सेहवान नगरमा अवस्थित प्रसिद्ध लाल शाहवाज कालन्दर मस्जिदमा गतः बिहीबार दिउँसो नमाज पढ्दै गरेका सिते समुदायका सुफी भक्तजनको भीडमा एकजना आत्मघाती आक्रमणकारी प्रवेश गरी शक्तिशाली बम बिस्फोट गराउँदा घटनास्थलमै ७५ जनाको बिभत्स मृत्यु हुनाका साथै अन्य सयौँ घाइते भएका थिए ।

अन्तरराष्ट्रिय आतङ्कवादी सङ्गठन इस्लामिक स्ट्ट्स (आइएस)ले सिते समुदायका मुस्लिमलाई सखापै पार्ने योजना अनुरुप सो घटना गराएको भनी दाबी गरेको थियो ।

घटनापश्चात् पाकिस्तानी सुरक्षाकर्मी तत्कालै परिचालित भइ आतङ्ककारीको तीब्र खोजीमा प्रयासरत थिए ।

यसैबीच सुरक्षाकर्मीले आशंकित स्थानमा रातभरी छापा मारी शुक्रबार बिहान केही सिन्ध निवासीसहित ४७ जना संदिग्ध सशस्त्र आतङ्ककारीलाई पक्राउ गरी नियन्त्रणमा लिएका सुरक्षा अधिकारीले नाम नखुलाउने शर्तमा जानकारी दिएका छन् ।

विगतका धेरै वर्षदेखि पाकिस्तानी सेना र सुरक्षाकर्मीले सशस्त्र बिद्रोही तथा आतङ्ककारीको खोजी र नियन्त्रणमा थुप्रै अपरेशन सञ्चालन गर्दै आइरहेका छन् ।

समग्र राष्ट्रलाई नै क्षणभर मै स्तब्ध तुल्याउने यस आतङ्ककारी आक्रमण र आमहत्या विगतका वर्षाैंदेखि यताको पहिलो भयानक र बिभत्स घटना भएको र यसले सिङ्गो राष्ट्रको सुरक्षा ब्यवस्थामा अधिकारीको क्षमता मै एक गम्भीर प्रश्नचिन्ह खडा गरेको छ ।

यसैबीच, संदिग्ध आतङ्ककारी लुकेर अखाडा जमाएका स्थानमा पाकिस्तानी सुरक्षाकर्मीले चलाएका देशब्यापी छापामार अपरेशन अभियानमा कम्तीमा उनान्चालीस जना संदिग्ध सशस्त्र आतङ्ककारीले ज्यान गुमाएका जनाइएको छ ।

Loading...
ads ads adsadsads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads