पाकिस्तान सरकार हफिज सईदको कैद थपको पक्षमा

18 October, 2017 10:24 | विश्व समाचार | comments | 10050 Views

भारतको मुम्बई आक्रमणका प्रमुख योजनाकार जमात–उद–दावाह (जेयूडी) समूहका प्रमुख हफिज सईदको नजरबन्द समय थप गर्न पाकिस्तानी सरकारले बिहीबार माग गरेको छ ।

सार्वजनिक सुरक्षा कानून अन्तर्गत आफ्नै घरमा नजरवन्दमा रहेका सईदलाई आतङ्कवाद विरुद्धको कानून बमोजिम थप राख्न पाकिस्तान सरकारले माग गरेको हो ।

गत जनवरीदेखि नजरबन्दमा रहेका सईद उनका अन्य चार जना सहयोगी अव्दुल्लाह उवाइद, मालिक जफर इकवाल, अव्दुल रेहमान अविद र क्वाजी कासिफमाथिको पञ्जावको प्रान्तीय न्यायिक सुनुवाईका क्रममा पञ्जावको गृह विभागका अधिकारीले अनुसन्धानका लागि थप नजरवन्दको माग गरेको हो ।

उनीहरूमाथिको कैद समय यही अक्टोबर २४ मा सकिँदै थियो । सरकारले न्यायिक पुनर्विचार समितिबाट अनुमोदन गराएर मात्र अनुसन्धानका लागि कैद समयको थप गर्न पाउँछ ।

गुजरातलाई २६ रनले हराउदै पञ्जाव चौथो स्थानमा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More