पाटन संग्रहालयमा आउने पर्यटकको संख्या बढ्यो पाटन संग्रहालयमा आउने पर्यटकको संख्या बढ्यो

  • पाटन संग्रहालयमा आउने पर्यटकको संख्या बढ्यो
  • पाटन संग्रहालयमा आउने पर्यटकको संख्या बढ्यो

पाटन संग्रहालयमा आउने पर्यटकको संख्या बढ्यो

12 January, 2018 11:03 | कर्पोरेट/पर्यटन | comments | 7800 Views

पाटन संग्रहालयमा आउने पर्यटकको संख्या बढ्यो

पाटन संग्रहालयमा आउने पर्यटकको संख्या बढेको छ ।

गत वर्षको पहिलो पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको सोहि अबधिमा संग्रहालय आउने पर्यटकको संख्या एक दशमलव पाँच प्रतिशतले बढेको संग्रहालयले जनाएको छ ।

संग्रहालय र नगरपालिकाबीचमा एकद्वार प्रणाली लागू भएपछि स्मारक क्षेत्र र संग्रहालय गरेर दुवैतर्फ आउने पर्यटकको संख्या बढिरहेको छ, संग्रहालयका प्रमुख सुरेशमान लाखेले भन्नुभयो – “संग्रहालयमा अउने विदेशी र आन्तरिक दुवै पर्यटक बढिरहेका छन् ।”

चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा एक लाख ७७९ आगन्तुकले संग्रहालय घुमेका छन् । गत आर्थिक वर्षमा एक लाख ७६ हजार ९०६ जना पर्यटक संग्रहालय आएका थिए ।

अहिले संग्रहालयमा मर्मतसम्भारकोे काम भइरहेको छ । मर्मतका समयमा समेत यहाँ आउने पर्यटकले सामग्री हेर्न पाउनेछन्, उहाँले भन्नुभयो, “अस्थायी प्रदर्शन कक्षमा नै सबै सामग्री राख्ने व्यवस्था मिलाएका छौँ ।”

गत वर्ष पर्यटक शुल्कबाट रु तीन करोड ३० लाख ५३ हजार ९४० संकलन भएकोे थियो भने चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा रु पाँच करोड ८२ लाख ६५ हजार ७५० संकलन भएको संग्रहालयले जनाएको छ ।

त्रिसट्ठी हजार पर्यटकद्वारा घान्द्रुक–घोडेपानीको भ्रमण

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More