पाटा पाटा

  • पाटा
  • पाटा
  • पाटा
  • पाटा
  • पाटा
  • पाटा

पाटा नेपाल च्याप्टरका अध्यक्ष पाण्डे “टुरिजम लाइफ टाइम एचिभमेन्ट अवार्ड २०१७” बाट सम्मानित

18 October, 2017 17:37 | कर्पोरेट/पर्यटन | comments | 193800 Views

पाटा

पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डे “टुरिजम लाइफ टाइम एचिभमेन्ट अवार्ड २०१७” बाट सम्मानित हुनु भएको छ ।

पर्यटन प्रवद्र्धन र विकासका लागि अतुलनीय योगदान पुर्याएको भन्दै मंगलबार होटल मनाङमा सम्पन्न गन्तव्य न्युज डट कमको चौथो वार्षिकोत्सव समारोहबीच सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले पाण्डेलाई सो अवार्ड प्रदान गर्नुभएको हो ।

adsads

अवार्डबाट सम्मानित भएपश्चात कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सुमन पाण्डे ले बिगत ३० बर्षदेखी पर्यटन व्यवसाय तथा विभिन्न पर्यटन संघ संस्थामा कार्यरत रहदा आफुले गरेको कामहरुलाई उच्च मुल्यांकन गरी टुरिजम लाइफ टाइम एचिभमेन्ट अवार्ड द्वारा सम्मानित गरेकोमा गन्तब्य नेपाल तथा अवार्ड छनौट समिति सदस्यहरुप्रति हार्दिक कृतज्ञता ब्यक्त गर्नुभयो र वहाले पर्यटन क्षेत्रमा आफ्नो ३० बर्षको अनुभव, ज्ञान र संजाललाइ युवा पुस्तामा हस्तान्तरण गर्ने उद्धेश्य अनुरुप अनुभवको पुंजीमा साझेदारी, युवा पुस्तासंग अभियानमा लाग्ने उहाँको भावी योजना रहेको बताउनु भयो।

सो कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले प्रकृति र संस्कृतिको भरपूर सदुपयोग गर्दै मुलुकलाई सम्बृद्ध बनाउने अभियानमा लाग्नुपर्ने आवश्यकता औल्याउनुभयो । पर्यटन, कृषि, उर्जा र जडिबुटी सम्बृद्धिका खम्बा भएको उल्लेख गर्दै उहाँले पर्यटन विकासका लागि तत्कालिन र दीर्घकालिन गुरुयोजना निर्माण गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा पाटाको अभियान

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
पाटा

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

स्पेस

फेसबुक

स्पेस

ट्वीटर

सामाजिक सञ्जाल

More