पानी अभियान पानी अभियान

  • पानी अभियान
  • पानी अभियान

पानी अभियानको लागि रजौरे परिवारद्वारा एक लाख सहयोग

20 January, 2017 09:55 | प्रबास | comments | 16200 Views

पानी अभियान

लक्ष्मीपुर गाविस सुनपुर दाङमा चलिरहेको करोड पानी अभियानको लागि दाङ हलवारका हाल क्यानाडा बस्ने सुरेश रजौरेले आफ्नो वैवाहिक वार्षिकोत्सबको सन्दर्भ पारेर नारा सफल हुनुपर्दछ, पानी अभियानको नारा मात्र सफल हुन सक्यो भने धेरै नेपालको गाउँहरुको विकास सम्भव छ भन्दै रु १ लाख सहयोग गर्ने क्यानाडाबाट एन बी टन्डनले बताएका छन् ।

पानी अभियानजस्तो पवित्र कार्यमा सहयोग गर्ने सुरेश रजौरे साथै उहाँकी धर्म पत्नी सिर्जना (पोखरेल ) रजौरे एवं रजौरे परिवारप्रति पानी अभियानकर्ताले हार्दिक आभार प्रकट गरिसकेका छन् । स्मरण रहोस् पानी अभियानमा देश बिदेश गरेर हाल सम्म झन्डै २७ (सत्ताइस) लाखको प्रतिवद्दता आइसकेको छ ।

पानी अभियानकर्ता लेख्छन् ” पानी छ र त जीवन छ । पानी छ र त यो दुनियाँ छ । शरीर पखाल्ने पानी छैन भने मन्दिर भित्र जुता छोड्याएर पस्नुको अर्थ के रह्यो र ? तिमीले आफु दु:ख पाए पनि अरुको लागि राम्रो सोच यो प्रकृतिले पुर्याउछ रे राम्रो सोचको कारणले गर्दा यो दुनियाँले सुख पाउछ केही गरिदिनु पर्दैन मात्र राम्रो काम गर्नेको कुभलो नसोचे हुन्छ । कम से कम हामी विदेशिएका हरुले केही गर्न नसके पनि राम्रो सोचे हुन्छ ।

स्विजरल्याण्डको पहाड पनि पहाडै हो नेपालको पहाड पनि पहाडै हो । यो दुनियाँमा जुन सुकै माटो होस् त्यो माटोलाई श्रद्दा गर्न सके मात्र हाम्रो कल्याण छ । आफ्नो माटो सबैलाई प्यारो छ । हो त्यही माटो सम्झने सोचको विकास हुने क्रममा जन्म भएको हो यो पानी अभियान । यत्रो वर्ष त सधैं दु:ख गरियो प्रकृतिको लागि दु:ख कम गरियो कि भनेर शुरु भयो पानी अभियान ।

यो दुनियाँ विस्तारै जाग्दैछ हिजो धारे हात लगाएर गाली गर्नेहरु अब चुप लाग्दैछन् तर तिनिहरुको घरमा पनि धारो पुग्नैपर्दछ । पानी अभियानको शुरुवाती गाउँ सफल पारेर पुरै देश भरि सरकारले नारा पुरा कस्सिनै पर्दछ । सधैं देश गरीब भो भनेर कुर्लिएर भएन काम त गर्नै पर्दछ । दुनिया जाग्यो भने असम्भब त केहि छैन ।

मंगल् ग्रहमा वस्ती बसाल्छु भन्ने हरुहो एक पटक यो पृथ्वीमा पानी अभियानको नारा सफल पारेर हेर त यो प्रिथिवी कस्तो बन्दछ ? सधैं चन्द्रमाको कुरा गर्ने हो एक पटक पानी अभियान नारा बारे कुरा एवं पुरा गरेर त हेर यो पृथ्वी कस्तो बन्दछ ? असम्भव केही छैन ! ”

हरि पाण्डेयको परिवारले पानी अभियानलाई सहयोग गर्ने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

फेसबुक

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

ट्वीटर

सामाजिक सञ्जाल

More