पानी जहाज कारखानामा विस्फोटः पाँचको मृत्यु

13 February, 2018 21:23 | विश्व समाचार | comments | 12750 Views

भारतको पानी जहाज मर्मत तथा निर्माण गर्ने कारखानामा भएको विस्फोटनमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । केरला प्रदेशमा मंगलबार भएको सो घटनामा परी अन्य १५ जना घाइते भएका छन् ।
केरला राज्यको राजधानी थीरुभानान्थापुरमदेखि २०० किलोमिटर टाढा पर्ने इर्नाकुलम जिल्लामा रहेको कोची विमान कारखानामा सो विस्फोट भएको हो ।
एउटा विमान मर्मत भईरहेको अवस्थामा विस्फोट भएको र त्यसमा परी पाँचको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका एक अधिकारीले जानकारी दिएका छन ।
स्थानीय संबाददाताहरुले घटनामा घाइते भएका मध्ये १५ जनालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको जनाएका छन् ।
विस्फोटनमा परेको जहाज राज्य नियन्त्रित तेल र प्राकृतिक ग्यास निगमको भएको बताइएको छ । मर्मतका लागि त्यो जहाज मर्मत स्थलमा लगिएको थियो ।
विस्फोटनको कारण अहिले सम्म खुलेको छैन । आगलागी भएको विमानभित्र दुई जना अझै च्यापिएको बताईएको  छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More