पारमाणविक युद्धले भोकमरी गराउनने मात्र नभई मानवसभ्यता नै अन्त्य गर्नसक्ने
भारत तथा पाकिस्तानबीच पारमाणविक युद्ध भएमा विश्वव्यापी भोकमरी उत्पन्न गराउनसक्ने, त्यसबाट दुई अर्ब मानिसको मृत्यु गराउनसक्ने र मानवसभ्यता अन्त्य गराउनसक्ने एक अध्ययनमा उल्लेख गरिएको छ । नोबेल शान्ति पुरस्कार विजेता पारमाणविक युद्ध हुननदिन तथा सामाजिक जिम्मेवारीबारी लागि चिकित्साशास्त्रीहरूको अन्तर्राष्ट्रिय समूह ‘इन्टरनेसनल फिजिसियन्स फर द प्रिभेन्सन अफ न्युक्लियर वार र फिजिसियन्स फर सोसिएल रेस्पोन्सिबिलिटीले प्रकाशन गरेको यस प्रतिवेदनमा सीमित रूपमा भए पनि पारमाणविक हतियारको सङ्घर्ष भएमा त्यसले वातावरणलाई निकै नराम्रो प्रभाव पार्ने र बाली नष्ट गर्ने उल्लेख गरिएको छ ।
सन् २०१२ मा गरिएको यस अध्ययनमा पारमाणविक युद्धका कारण उत्पन्न भोकमरीका कारण एक अर्बभन्दा बढी व्यक्तिको मृत्यु हुने उल्लेख गरिएको छ । यस प्रतिवेदनको दोस्रो संस्करणमा यस समूहले चीनमा पर्ने प्रभावका विषयमा कम आँकलन गरिएको र विश्वमा सबैभन्दा अधिक जनसङ्ख्या भएको मुलुकमा खाद्यान्न निकै कमी हुने उल्लेख गरिएको छ । यस प्रतिवेदनका लेखक आइरा हेलफान्डले पारमाणविक हतियारसम्पन्न भारत तथा पाकिस्तानबीच लामो समयदेखि तनाव कायम भएकाले अध्ययनमा उनीहरूमा ध्यान दिइएको उल्लेख गर्नुभयो । यी मुलुक सन् १९४७ मा स्वतन्त्र भएपछि उनीहरूबीच तीनपटक युद्ध भएको छ । अमेरिकाले सन् १९४५ मा हिरोसिमा तथा नागासाकीमा आणविक बम प्रयोग गर्दा दुई लाख जनताको मृत्यु भएको थियो भने पारमाणविक हतियार ती बमभन्दा निकै शक्तिशाली भएको मानिन्छ । प्रतिवेदनमा अमेरिका तथा रसियाबीच ठूलो युद्ध भएमा मानव जाति नै नष्ट हुनसक्ने अनुमान गरिएको छ ।
प्रतिवेदनमा दक्षिण एसियामा पारमाणविक युद्धको कारण पर्यावरणमा जाने कार्बोन एरोसोलको अंशबाट अमेरिकामा मकै तथा भटमासको उत्पादन १० प्रतिशतसम्म घट्नसक्ने अनुमान गरिएको छ । यसका कारण चीनमा धान उत्पादन २१ प्रतिशतसम्म घट्नसक्ने अनुमान प्रतिवेदनमा गरिएका छ प्रतिवेदनमा चिनियाँ गहुँ उत्पादनमा पनि निकै प्रभाव पर्ने उल्लेख गरिएको छ । यसैगरी प्रतिवेदनमा पारमाणविक युद्धको वास्तविक प्रभाव अनुमान गर्न असम्भव भएको र यी कुराको एक मात्र सही उत्तर पारमाविक हतियार नष्ट गर्नु रहेको उल्लेख गरिएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २००९ मा यस विषयमा काम गर्ने बताउनुभएको थियो । उहाँले अन्य मुलुकले यस्तो हतियार राखेसम्म अमेरिकाले पनि राख्ने बताउनुभयो । विश्वका नौ मुलुकमा पारमाणविक हतियार रहेको अनुमान गरिन्छ र त्यसको ठूलो भाग अमेरिका तथा रसियासँग रहेको बताइन्छ ।
स्रोत : एजेन्सी
तपाईंको प्रतिकृया
ताजा समाचार
- ‘द डार्कनेस बेकन’को ट्रेलरमा भूकम्पको पीडा(ट्रेलर सहित)
- गायक टंक बुढाथोकीको नयाँ गीत “अल्लारे जोवनमा” सार्वजनिक(भिडियो सहित)
- अपराध नियन्त्रण पहिलो प्राथमिकता : महानिरीक्षक खनाल
- युगान्डामा मृत्यु भएका बुढाथोकीका परिवारलाई २३ लाख क्षतिपूर्ति
- बैंगलोरलाई हराउदै चेन्नई आइपिएलको शीर्ष स्थानमा
- एमाले सांसद नविना लामाको विवाह आज
- प्रदेश सरकारले पूर्वबजेट छलफल गर्नुपर्ने
- च्याम्पियन्स लिग : रियलद्वारा बायर्न २-१ ले पराजित (हाईलाइट्स भिडियो)
- विवादका कारण केएफडब्लू पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धताबाट बाहिरियो
- जोर्डनमा बलात्कृत भएर फर्किएकी धनमायाको सहारा बन्यो सहारा
- भूकम्प पुनःनिर्माण अनुदानः आवास निर्माण नगरे रु ५० हजार फिर्ता गर्नुपर्ने
- सौराहाको ‘केटो’लाई चीन पठाउने तयारी
- बाबु हुनु त यस्तो…
- झापामा औलो रोगी घटे
- जबर्जस्ती करणीको फैसला उल्टियो
- गायक टंक बुढाथोकी को नया गीत “अल्लारे जोवनमा…” सार्वजनिक
- आगलागीबाट तीन घर नष्ट
- संरक्षण र प्रचारप्रसारको पखाईमा कालीदह
- सुन तस्करीको जालो : सातामा डेढसय किलो तस्करी, एक चिनियाँ नागरिक पक्राउ
- पोलिटेक्निकका लागि निःशुल्क ७० रोपनी जग्गा
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
नरेन्द्र रौले
रविन्द्र अधिकारी
भरत भुषाल
किशोर सुबेदी


