पार्टीबाट फिर्ता हुन लागेका मन्त्रिले महानिर्देशक हटाए

26 September, 2017 22:30 | जन सरोकार | comments | 5700 Views

पर्यटनमन्त्री जितेन्द्र नारायण देवले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई पदबाट हटाएका छन् । गौतमलाई मन्त्रालयमा तानिएको छ ।   मन्त्रालयले गौतमलाई दुई पटकसम्म स्पष्टीकरण सोधेको थियो । सोमबार स्पष्टीकरण पत्र बुझाएलगत्तै गौतमलाई मन्त्रीलाई सघाउने गरी मन्त्रालयमा तानिएको व्यहोराको पत्र थमाइएको थियो ।

प्रशासन महाशाखाका उपसचिव प्रकाश शर्मा ढकालको हस्ताक्षर रहेको पत्रमा गौतमलाई मन्त्रालयमा हाजिर भएर मन्त्री जितेन्द्र देवलाई बिभिन्न चारवटा विषयमा नियमित रुपमा सुझाव दिने भनिएको छ ।

नेपालको नागरिक उड्डयन क्षेत्रलाई समग्र सुधार गर्न अवलम्वन गर्नुपर्ने नीति र गर्नुपर्ने कामबारे सुझाव दिने, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि कोरियन कम्पनि एलएमडब्लूले तयार पारेको डीएफएसलाई अध्ययन गरी यस वापत भुक्तानी तिर्नुपर्ने सम्वन्धमा राय सुझाव दिने गौतमलाई भनिएको छ ।

यसैगरी दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल लगायत अन्य सबै राष्ट्रिय गौरवको आयोजनाहरुको कार्यप्रगति उच्च नतिजामुखी बनाउन ठोस कार्ययोजनासहित राय सुझाव दिने र नेपालको नागरिक उड्डयनलाई थप सुरक्षित बनाउन स्थायी रुपमा हवाइ सुरक्षा जाँच व्यूरो स्थापना गर्ने सन्दर्भमा राय सुझाव दिने गौतमलाई लेखिएको पत्रमा उल्लेख छ ।  पर्यटन मन्त्रालयले २७ महिनाअघि गौतमलाई चार वर्षका लागि महानिर्देशक पदमा नियुक्त गरेको थियो ।

मन्त्री देवले राम्रो काम गर्न नसकेको भन्दै पार्टीले उनलाई फिर्ता बोलाउने तयारी गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

नेपालको अन्तर्राष्ट्रिय विमानस्थल इतिहासकै लामो समय अवरुद्ध

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More