ओली प्रचण्ड ओली प्रचण्ड

  • ओली प्रचण्ड
  • ओली प्रचण्ड
  • ओली प्रचण्ड
  • ओली प्रचण्ड
  • ओली प्रचण्ड
  • ओली प्रचण्ड

पार्टी एकतालाई सम्मानजनक, समानतामा आधारित र न्यायोचित प्रारुपमा अगाडि बढाउने सहमति

22 April, 2018 23:17 | राजनीति | comments | 27600 Views

ओली प्रचण्ड

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको पार्टी एकतालाई सम्मानजनक, समानतामा आधारित र न्यायोचित प्रारुपमा अगाडि बढाउने सहमति भएको खुलासा भएको छ ।

विश्व सर्वहारा वर्गका नेता भ्लादिमिर लेनिनको १४८ औँं जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ६९औँ स्थापना दिवस (२२ अप्रिल) का अवसरमा पार्टी एकता संयोजन समितिले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै दुवै पार्टीका अध्यक्षले सो सहमति भएको बताउनुभएको हो ।

पार्टी एकतालाई कसैले पनि रोक्न नसक्ने भन्दै उहाँहरुले आम जनता, पार्टी कार्यकर्ता र नेताहरुको भावनालाई सम्बोधन गर्दै निकट भविष्यमा पार्टी एकता घोषणा गर्ने दाबी गर्नुभएको हो । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले भन्नुभयो, “असम्मानजनक, विभेद र अन्यायको अवस्थामा एकता हुँदैन, सम्मानजनक आधारमा मात्र एकता हुन्छ ।”

पार्टी एकताका विषयमा सन्देह नगर्न आग्रह गर्दै उहाँले भन्नुभयो, “एकता हुन रोक्नुपर्ने कुरा छैन, एकता रोक्नुपर्ने कारण र तर्क केही पनि छैन, एकता निकट भविष्यमा हुन्छ ।” विगतमा भएका गल्ती नदोहो-याउने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “एकताबाट पछाडि फर्कने होइन, अब गल्ती गर्दैनौँ, नयाँ ढंगले अगाडि बढ्नेछौँ ।”

शान्तिपूर्ण ढंगले प्रतिस्पर्धात्मक बहुदलीय राजनीतिबाट संघीय लोकतान्त्रिक प्रणालीमा अगाडि बढ्ने विषयमा आफूहरु स्पष्ट रहेको उहाँले बताउनुभयो । सामाजिक न्याय, समानतामा आधारित समाज निर्माणमा दुवै पार्टी एकता प्रक्रियामा अगाडि बढेको उल्लेख गर्दै अध्यक्ष ओलीले आफूहरु नीतिगतरुपमा नै सहमत भएको स्पष्ट पार्नुभयो । राजनीतिक अधिकार प्राप्त भइसकेको उल्लेख गर्दै उहाँले समृद्धिको मुद्दामा एकताबद्ध भएर अगाडि बढ्ने धारणा राख्नुभयो ।

सोही अवसरमा माओवादी केन्द्रका अध्यक्ष दाहालले सम्मानजनक, समानतामा आधारित र न्यायोचित परिस्थितिमा पार्टी एकता गर्ने अध्यक्ष ओली र आफूबीच सहमति भएको खुलासा गर्नुभयो । एकताको ढाँचा तयार गरेर अगाडि बढेको जानकारी दिँदै उहाँले भन्नुभयो, “पार्टी एकता महत्वपूर्ण विषय हो, त्यसैले सबैको ध्यान त्यसतर्फ छ, यस विषयमा एकअर्काले सम्मान गर्नैपर्छ ।”

एकअर्का पार्टीका नेताले संवेदनशीलतालाई बुझ्नुपर्ने बताउँदै अध्यक्ष दाहालले भन्नुभयो, “एकअर्का पार्टीका नेताले एक अर्काको संवदेनशीलतालाई बुझिदिनुपर्छ, त्यसो भए सबै विषय ठिकसँग अगाडि बढ्छ ।”

सामूहिक बलबाट नयाँ संकल्पका साथ एकतालाई निष्कर्षमा पुर्याएर राष्ट्रिय एकताको भावमा अगाडि बढिने बताउँदै उहाँले जनता, कार्यकर्ता र विश्वजनमतको घेरामा रहेको एकता प्रक्रियालाई निष्कर्षमा पुर्याइने बताउनुभयो । अध्यक्ष दाहालले कम्युनिष्ट भित्रको फुटबाट विरोधीले लाभ लिने गरेको भन्दै अबका दिनमा त्यस्तो हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।

देशमा विकास र समृद्धि आवश्यक भए पनि विगतमा राजनीतिक अस्थिरताका कारण त्यसतर्फ मुलुक अगाडि बढ्न नसकेको भन्दै अध्यक्ष दाहालले प्रकृतिले दिएको बरदानलाई सदुपयोग गरेर अगाडि बढ्ने विश्वास दिलाउनुभयो । राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणको प्रक्रियालाई निरन्तरता दिन आगामी दिनमा बलियो कम्युनिष्ट पार्टी बनाएर अगाडि बढाइने अध्यक्ष दाहालको भनाइ थियो ।

लेनिन दिवसमा प्रचण्डको घोषणा- पार्टी एकताका आधार तयार भैसक्यो

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
ओली प्रचण्ड

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!