प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री शेरबहादुर देउवा

  • प्रधानमन्त्री शेरबहादुर देउवा
  • प्रधानमन्त्री शेरबहादुर देउवा
  • प्रधानमन्त्री शेरबहादुर देउवा
  • प्रधानमन्त्री शेरबहादुर देउवा
  • प्रधानमन्त्री शेरबहादुर देउवा
  • प्रधानमन्त्री शेरबहादुर देउवा

पार्टी नेतृत्वको राजीनामा माग्दै चर्चित युवा नेताहरु(भिडियो सहित)

13 December, 2017 18:30 | राजनीति | comments | 69900 Views

प्रधानमन्त्री शेरबहादुर देउवा

प्रदेश र प्रतिनिधिसभाको सम्पन्न निर्वाचनमा लज्जास्पद पराजय भोगेपछि नेपाली कांग्रेसका युवा पुस्ताका नेताहरुले पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष नेतृत्वमा रहेकाहरुले विश्राम लिनुपर्ने माग जोडदार रुपमा उठाउन थालेका छन् ।

काठमाडौं क्षेत्र नं. ४ का विजयी उम्मेदवार तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले सभापति देउवासहित शीर्ष नेतृत्वले विश्राम लिएर पार्टीको पुनःसंरचना गर्नुपर्ने आवाज उठाइरहेका बेला अर्का नेता चन्द्र भण्डारीले पनि सोही आवाज उठाउनुभएको छ ।

नेपाली कांग्रेस यो रुपमा खुम्चिनुमा पार्टी नेतृत्वको गलत रणनीति र क्षमताको अभाव भएको निष्कर्ष निकाल्दै उनीहरुले अब सभापतिले राजीनामा दिएर पार्ट संगठनलाई नयाँ ढंगले अघि बढाउनुपर्ने माग गरिरहेका छन् ।

हुन त सभापति देउवाको राजीनामाको सन्दर्भ जोडतोडले उठिरहेका बेला उहा पक्षधर नेताहरुले भने सभापतिले राजीनामा दिनुपर्ने कारण नभएको र नदिने दावी गरिरहेका छन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ स्थानमा नेकपा एमाले एक्लैले ८० सिट जितेर पहिलो दल बनेको छ ।

समानुपातिकतर्फ पनि एमालेको अग्रता कायमै रहेकाले अब बन्ने प्रतिनिधिसभामा एमाले सबैभन्दा ठूलो दल बन्ने निश्चित भएको छ । प्रत्यक्षतर्फ एमालेभन्दा आधा कम सिट जितेर माओवादी दोस्रो दल बनेको छ ।

माओवादीले ३६ सिट प्रत्यक्षतर्फ जितेको छ भने समानुपातिकमा तेस्रो स्थानमा छ । यस्तै नेपाली कांग्रेसले २३ सिट जितेर तेस्रो स्थानमा झरेको छ ।

भिडियो –

चुनावको मूल्याङ्कन : नेपाली काँग्रेसको पराजयबाट के शिक्षा लिने ?

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More