पाल्पाबाट दुई करोडको तरकारी निर्यात

16 October, 2017 14:34 | अर्थ | comments | 4950 Views

परम्परागत  मकै, धान जस्ता खेती छोडेर व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेका  पाल्पाका किसानको आम्दानी बढेको छ।पाल्पामा उत्पादित तरकारीको बाहिरी जिल्लामा निर्यात बढेसँगै उनिहरुको आम्दानीमा पनि वृद्धि भएको हो । पाल्पाबाट वार्षिक रुपमा दूई करोड बढीको तरकारी निर्यात हुन थालेको जनाइएको छ ।

पाल्पाको तानसेन नगरपालिकाको मदनपोखराबाट आर्थिक वर्ष २०७३-७४ मा मात्रै दुई करोड रुपैयाँको तरकारी जिल्ला बाहिर निर्यात भएको छ । मदनपोखराको तरकारी स्याङ्जा, कास्की, रुपन्देहीसम्म निर्यात हुन थालेपछि यहाँका किसान खुशी भएका छन् ।

परम्परागत मकैखेती गर्दा निर्यात नहुने यस क्षेत्रबाट २० वर्षदेखि तरकारी निकासी भईरहेको किसान बताउँछन्। व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि यहाँका किसानले प्रतिपरिवार डेढ लाखदेखि आठ लाख रुपैयाँसम्म आम्दानी गर्न थालेका छन्।

मदनपोखरा बहुउद्देश्यीय कृषि सहकारी संस्थाका अध्यक्ष पदमराज पौडेलले तरकारीको बीउ, प्राविधिक सहयोग, ऋण र तरकारीको बजार व्यवस्थित भएपछि तरकारी उत्पादन गर्नेको संख्या बढेको बताए।

तानसेन नगरपालिकाको मदनपोखरा क्षेत्रबाट ठूलो मात्रामा तरकारी उत्पादन भएको देखेपछि तानसेनको वडा नं ६, ७ र ९ का किसानले समेत तरकारीको व्यवसायिक उत्पादन शुरु गर्न थालेका छन्।

मकैखेती छाडेर यहाँका किसानले व्यावसायिक रुपमा बन्दा, काउली, गोलभेँडा, खुर्सानी, मुला र भान्टा जस्ता तरकारी खेती गर्न थालेपछि कृषकको आम्दानी ह्वात्तै बढेको छ।

रासस

तरकारीखेतीले फेरियो मुक्तकमैयाको दैनिकी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More