पिएसजीको सिजनमा पहिलो हार

3 December, 2017 14:12 | खेल | comments | 39000 Views

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सिजनमा पहिलो हार बेहोरेको छ। स्टार फरवार्डद्वय नेइमार र इडिन्सन काभानीले चुक्दा पिएसजीलाई स्ट्रासबर्गले २-१ ले पराजित गरेको हो।

पिएसजी पछिल्ला १५ खेलमा अपराजित थियो। पिएसजीले १५ मध्ये १३ खेलमा जित र २ खेलमा बराबरी खेलेको थियो। १४ मिनेटमा नुडो डा कास्टाले गोल गरेर स्ट्रासबर्गलाई अग्रता दिलाए। ४२ मिनेटमा पिएसजीका केलियन एमबाप्पेले बराबरी गोल फर्काए। तर स्टेफिन बाहोकेनले ६५ मिनेटमा गोल गरेर स्ट्रासबर्गलाई दोस्रो पटक अग्रता दिलाए।

जितपछि स्ट्रासबर्ग रेलिगेशन क्षेत्र छोड्न सफल भएको छ। १६ खेलबाट १८ अंक जोडेको स्ट्रासबर्ग १६ औं स्थानमा उक्लिएको छ। शीर्ष स्थानको पिएसजी १६ खेलबाट ४१ अंक जोडेको छ। दोस्रो स्थानको साबिक विजेता मोनाकोको ३२ अंक छ भने तेस्रो स्थानको मार्सेलीको ३१ अंक छ।

सगरमाथा चढ्ने पहिलो भारतीय दम्पत्ति भएको दाबी गर्नेमाथि छानबिन सुरु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

एमाले र माओवादीबीच पार्टी एकता हुने खतरा बढ्यो त हँ !

फेसबुक

एमाले र माओवादीबीच पार्टी एकता हुने खतरा बढ्यो त हँ !

ट्वीटर

सामाजिक सञ्जाल

More