पीडित समक्ष अझै पुगेन राहत, महामारी फैलिनसक्ने चेतावनी- वीरगन्ज पनि डुबानमा (फोटोहरुसहित)

13 August, 2017 21:40 | जन सरोकार | comments | 4350 Views

केही दिनयताको अविरल वर्षापछि तराईका अधिकांश जिल्ला डुबानमा परेका छन् । रौतहटका पीडित २४ घण्टादेखि भोकभोकै छन् । उद्धार र पुनःस्थापना समयमै हुन नसके बाढी प्रभावित क्षेत्रमा महामारी फैलिनसक्ने चेतावनी स्वास्थ्यकर्मीहरुले दिएका छन् ।

मानवअधिकार आयोगले जनाएअनुसार डुवान, बाढी र पहिरोबाट देशभर ६४ जनाको मृत्यु, ४४ जना घाइते, ३६ जना वेपत्ता छन् । त्यस्तै करीव १९ हजार घरमा क्षति पुगेको छ भने ७२८ घर पूर्ण रुपमा क्षति भएको छ ।

उता गृहले भने ४९ जनाको मृत्यु भएको बताएको छ । पछिल्ला समय मुलुकको प्रमुख औद्योगिक नगर वीरगन्ज पनि डुबानमा परेको छ । वर्षाको कारण वीरगन्ज महानगरपालिकासहित अधिकांश भाग डुबानमा परेको छ ।

विभिन्न जिल्लाका डुबान पीडितहरुसम्म राहत तथा उद्धार पुग्न सकेको छैन । राष्ट्रिय मानवअधिकार आयोगले देशभर प्राकृतिक विपत्तिबाट प्रभावित भएकाहरुको उद्धार र राहत वितरण कार्य प्रभावकारी नबनेको बताएको छ ।

बिशेष गरी तराईका जिल्लाहरुमा बाढी र पहाडी जिल्लाहरुमा पहिरोले व्यापक क्षति पुर्‍याए पनि केन्द्रीय बिपद व्यवस्थापन समिति र जिल्ला व्यवस्थापन समितिबाट राहत र उद्धारका प्रयासहरु प्रभावकारी नदेखिएको आयोगको भनाइ छ ।

हजारौं नागरिक राहत र उद्धारको पर्खाइमा रहेकाले सरकार, सुरक्षा निकाय, बिभिन्न संघ संस्थाहरुलाई प्रभावकारी कदम चाल्न पनि आयोगले आग्रह गरेको छ ।

आइतबार बिहान बसेको आयोगको आकस्मिक बैठकले सम्भावित प्राकृतिक प्रकोपको पूर्व तयारी पनि नदेखिएकाले सरकारलाई यसतर्फ सचेतसमेत गराएको छ ।

 बाढी-पहिरो- मृत्यु हुनेको संख्या ४९ पुग्यो,उद्धार र राहतमा तीब्रता

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More