पुरुषको आवश्यकता सन्तान जन्माउनको लागि मात्रै ..!

12 February, 2016 16:58 | कला/मनोरन्जन , वलिउड | comments | 187200 Views

बलिउड अभिनेत्री प्रियंका चोपडाले जहाँजहाँ हात हालिन्, त्यहाँत्यहाँ प्राय: सफलता नै पाउँदै आएकी छन् । पहिलो हलिउड काम ‘क्वान्टिको’ मार्फत पिपुल्स च्वाइस अवार्ड पाएकी अभिनेत्रीले पछिल्लो चोटि भारतको चौथो सर्वोच्च सम्मान पद्मश्री प्राप्त गरेकी छन्, दशक लामो फिल्मी यात्रामा पुर्‍याएको योगदानका लागि ।

adsads

Priyanka-Chopra

यति बेला उनले फेरि आफू चानचुने नरहेको प्रमाणित गर्न खोजेकी छन् । एउटा अन्तर्वार्तामा उनले सन्तान उत्पादनबाहेक अरू कामका लागि आफूलाई लोग्नेमान्छेको आवश्यकता नरहेको ठोकुवा गरेकी छन् ।

आफ्नो व्यक्तिगत जीवन र सम्बन्धहरूका बारेमा खुल्ने क्रममा उनले भनिन्, ‘मेरा लागि एउटा हीरा किन्न कुनै लोग्नेमान्छेको बाटो हेर्नुभन्दा म आफैँ धेरै हीरा किन्न मन पराउँछु । कुनै पनि सम्बन्धमा बाँधिएपछि त्यसबाट अलग हुने राम्रो बाटो हुन्न । या त तपाईं अर्को व्यक्तिबाट अपहेलित हुनुपर्छ या तपाईंले नै उसप्रति नमिठो व्यवहार गर्न थाल्नुहुन्छ । सम्बन्धमा बाँधिएपछि ससाना कुराप्रति अर्काको भर पर्नुपर्छ । त्यसबाट हटेर तपाईंले आफ्नाबारे सोच्न थाल्नुपर्छ ।’

यति भन्दाभन्दै पनि प्रियंकाले के चाहिँ छुटाइनन् भने, आफ्नै बालबच्चा हुन् भन्नेमा उनले रहर पालेकी छन् र उनको लायक कोहीसँग घरजम गर्न पनि चाहन्छिन् ।‘तर, म कसैको विश्वासघात सहन सक्दिनँ,’ उनले भनिन्, ‘मेरो पार्टनरले त्यस्तो गर्‍यो भने म उसप्रति हिंसक पनि हुन सक्छु । विवाहमा विश्वासघात स्वीकार्य हुनै सक्दैन । जसलाई मनमुटु सुम्पिएको हुन्छ, उसले पार्टनरलाई चिट गर्नु जस्तो नकाम केही हुन्न ।’

-कान्तिपुरबाट

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

रविन्द्र अधिकारी

फेसबुक

रविन्द्र अधिकारी

ट्वीटर

सामाजिक सञ्जाल

More