पुरुषबाट सर्छ महिलालाई पाठेघरको क्यान्सर

1 August, 2015 15:09 | जन सरोकार , मुख्य समाचार | comments | 66750 Views

Pathegharनेपाली समाजमा मात्र हैन विश्वमा नै महिलालाई हेर्ने दृष्टिकोण फरक छ । लैंगिक समानता र मानवअधिकारका चर्का कुरा गर्ने शक्तिभाव सम्पन्न मुलुकमा पनि महिला र पुरुषबीचको भेदभाव उच्च छ । काला र गोराबीचको विभेद पनि उस्तै छ ।

धनी, शिक्षित र सभ्य भनिने मुलुकदेखि नेपाल जस्ता गरीब र अल्पशिक्षिक मुलुकमा महिला र पुरुषबीचको भेदभाव बढी नहुने कुरै भएन । लैंगिक रुपमा नै महिला र पुरुष भनेपछि भेद त स्वाभावक भयो तर, व्यवहारमा यो अत्यन्त चिन्ताजनक रुपमा प्रकट भैरहेको छ ।

हरेक कुरामा महिलालाई दोष दिने पुरुषप्रधान समाजले दोष लगाएका कुनै पनि कुरामा महिलाको हात हुँदैन भन्ने जानेर पनि नजानेझैं गर्छन् । नेपाली समाजमा व्याप्त एउटा विकृत प्रचलन छ, छोरी धेरै जन्मे भनेर छोरा जन्माउन अर्की श्रीमती भित्र्याउने । तर, छोरा वा छोरी के जन्मने हो त्यसमा महिलाको केही हात हुँदैन, पुरुषमै सबैकुरा निर्भर हुन्छ भन्ने उनीहरुले बिर्सन्छन् ।

यो एउटा सामाजिक उदाहरण मात्र हो । महिलाहरु पुरुषकै कारण अनेक रोगव्याधीको शिकार पनि हुन्छन् । अझ महिलालाई मात्र लाग्ने पाठेघरको क्यान्सरको कारण समेत पुरुष नै हुन् भन्दा धेरैलाई आश्चर्य लाग्ला । तर, सत्य यही हो ।

चिकित्सकहरुका अनुसार पाठेघरको मुखको क्यान्सर हुने कारण यहि हो भन्ने नभए पनि यसको मुख्य कारक तत्व भाइरल संक्रमण हो । डाक्टर रश्मी पुन गुरुङका अनुसार पाठेघरको क्यान्सर शारीरिक सम्पर्क गरिरहेकाहरुलाई हुन्छ ।

– शारीरिक सम्पर्कका बेला केटा मान्छेबाट आउने ह्युमन पापिलोमा नामक किटाणुका केही प्रजातिका कारण पाठेघरको मुखमा क्यान्सर हुन्छ ।

– यो ईन्फेक्सन केटाबाट केटीमा सर्छ त्यसैले शारीरिक सम्पर्क गर्दा ध्यान दिनुपर्छ, धेरै जनासँग सम्पर्क राख्ने केटासँग सम्बन्ध राख्नुहुँदैन ।

– शारीरिक सरसफाईमा ध्यान नदिनाले र धैरैसँग सम्पर्कमा आउनेलाई यो क्यान्सर लाग्ने डाक्टर गुरुङले बताउनुभयो । धेरै शारीरिक सम्पर्कमा आउने महिलाको पाठेघरको मुखमा संक्रमण हुने र ह्युमन पापिलोमा नामक किटाणुले पाठेघरको मुखमा रहेका कोषिकाहरुमा संक्रमण गर्ने र त्यसलाई अनियन्त्रित तवरले बढाउन मद्दत पुर्याउने उहाँले बताउनुभयो ।

पाठेघरको क्यान्सर कसलाई हुन्छ ?
– शारीरिक सम्पर्कमा रहेका वा प्रजनन क्षमता भएका जोसुकैलाई पनि यो रोग लाग्छ । विशेष गरी ३० देखि ६० वर्ष उमेरका महिला, जसको विहे भैसकेको छ ।

– धेरै बच्चा भएका, सानो उमेरका विवाह भएकालाई ।

– यौन व्यवसायमा लागेका महिला वा परपुरुषको संसर्गमा रहेकालाई ।
– लोग्नेको अर्की श्रीमती पनि छन् र उनलाई पाठेघरको मुखको क्यान्सर भएको छ भने पनिसर्न सक्छ ।
– जाँड, रक्सी, चुरोट, खैनी, तमाखु खाने तथा खानपिनमा ध्यान नदिने र कुपोषण भएका महिलालाई खतरा बढी हुन्छ ।

यसका लक्षण
– पाठेघरको मुखको क्यान्सरको लक्षण व्यक्तिपिच्छे फरक फरक हुन्छ ।
– गन्हाउने पानी बग्ने, संक्रमण भैरहने। रगत मिसिएको पानी बग्ने, महिनावारी नभएको बेलामा पनि रगत देखिने, महिनावारी रोकिएपछि पनि फेरि रगत देखिने, पेट फुल्ने, खुट्टा सुन्निने, ढाड तथा कम्मर लुख्ने र दिसा पिसाबमा समस्या देखिने जस्ता लक्ष्यण भएमा यो रोग लागेको अनुमान गर्न सकिन्छ ।

यसबाट कसरी बच्ने
– पाठेघरको मुखको क्यान्सर हुन नदिन बेला बेलमा प्याप स्मेयर जाँच गराउनु पर्छ । प्याप स्मेयर एउटा यस्तो विधि हो, जसमा पाठेघरको मुखमा आएका खराबीलाई थाहा पाई भविष्यमा खतरा छ कि छैन पत्ता लाग्छ ।

यो विधिले पाठेघरको मुखमा संक्रमण भएकोबारे बेलैमा थाहा पाउने भएकाले उपचारमा सहज हुन्छ ।

चिकित्स्कका अनुसार यो पाठेघरको मुखको क्यान्सर हुने सम्भावना छ छैन भन्ने पत्ता लगाउने सरल र सहज विधि हो । यौन सम्पर्क गरेका, धेरै बच्चा जन्माएका, धेरै जनाको सम्पर्कमा रहेका, महिनावारी बन्द भएका र क्यान्सरको सम्भावना भएर अपरेशन गरेका महिलाले पाठेघरको मुखको परीक्षण गराए क्यान्सर लाग्ने सम्भावना कम हुने डाक्टर बताउँछन् । यस्तै सुरक्षित यौन सम्पर्क गरे पनि यसबाट जोगिन सकिन्छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

खुकुरी

फेसबुक

खुकुरी

ट्वीटर

सामाजिक सञ्जाल

More