पूर्वमन्त्री राईमाथि बम प्रहार, अंगरक्षक घाइते

14 November, 2017 15:00 | राजनीति | comments | 4950 Views

पूर्वमन्त्री एवं भोजपुर-१ का प्रदेश सभा उम्मेदवार शेरधन राईमाथि मंगलबार विहान बम आक्रमण भएको छ । आक्रमणबाट राईका अंगरक्षक घाइते भएका छन् ।

गोगनेको आमसभालाई सम्बोधन गर्न जाँदै गर्दा कोट र भोजपुरको सिमानामा रहेको पिखुवा खोला नजिकै गुम्बा मास्तिर उम्मेद्वार राइसहित नेता कार्यकर्ता चढेको गाडीमा बम हानिएको हो । सडकको घुम्तिमा पारेर हानिएको बम विस्फोट हुँदा राईका अंगरक्षक प्रहरी सहायक निरीक्षक (असई) डिल्ली देवकोटाको हातमा चोट लागेको छ ।

पूर्वसूचना तथा सञ्चारमन्त्री समेत रहेका राईलाई बम कसले हान्यो भन्ने खुलेको छैन । जिल्ला प्रहरी कार्यालयले बम प्रहारको पुष्टि गरेको छ । थप अनुसन्धान गर्न र आक्रमणकारीको खोजी गर्न टोली पठाइएको प्रहरीले बताएको छ । आक्रमण भएपछि विज्ञप्ती जारी गर्दै ओलीले यस्तो आरोप लगाएका हुन्। एमालेका प्रदेश-१ सह-संयोजकसमेत रहेका राइमाथि भोजपुर-१ को ट्याम्केमैयुम नगरपालिका-१ मा मंगलबार विहान राईमाथि बम आक्रमण भएको थियो। आक्रमणमा राई जोगिएपनि उनका सुरक्षाकर्मी असई डिल्ली देबकोटा घाइते भएका छन्।

राईमाथिको आक्रमणलाई सिंगो एमालेमाथिको आक्रमणका रुपमा लिएको बताउँदै ओलीले भनेका छन्, यस घटनामा संलग्न जोसुकै भएपनि उनीहरुको उद्देश्य लोकतन्त्रलाई संस्थागत हुन नदिने, निर्वाचन भाँड्ने र मुलुकमा भाँडभैलो मच्याइरहने स्पष्ट हुन्छ। हामी सरकारलाई निर्वाचनका उम्मेदवारहरूलाई यथेष्ट सुरक्षा प्रदान गर्न र यस्ता साङ्घातिक आक्रमणहरू नियन्त्रण गर्न सचेत गराउँछौं।

सिरियामा कारबम आक्रमण ५२ को मृत्यु, १७० घाइत

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More