पूर्वाधार विकासमा सार्वजनिक निजी साझेदारी

15 February, 2017 23:45 | अर्थ | comments | 3 Views

bikas-samiti

सार्वजनिक निजी साझेदारीमा पूर्वाधार विकासका कार्यक्रम अघि बढाउन व्यवस्थापिका–संसद्को विकास समितिले सरकारका सम्बन्धित मन्त्रालयसँग छलफल अघि बढाउने भएको छ ।

नेपाल उद्योग परिसङ्घले छनोट गरेका १० पूर्वाधार विकासका सोचकर्तासँग बुधबार समिति बैठकमा भएको छलफलपछि समितिले यस्तो निर्णय गरेको हो ।

पूर्वाधार विकासमा छुट्टै अधिकार सम्पन्न प्राधिकरण आवश्यक छ वा छैन भन्ने विषयमा निजी क्षेत्रसँग पनि छलफल गरिने समिति सभापति रवीन्द्र अधिकारीले जानकारी दिनुभयो ।

“सोचकर्ताले समितिमा प्रस्तुत गर्नुभएका सोच जुन मन्त्रालयसँग सम्बन्धित छ, त्यहाँ पठाइन्छ, त्यस विषयमा राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र सोचसँग सम्बन्धित मन्त्रालयसँग छलफल गरी कार्यान्वयनको प्रक्रियामा अघि बढाइनेछ”– उहाँले भन्नुभयो ।

बैठकमा परिसङ्घका विष्णु अग्रवाल, आइडिया स्टुडियोका अध्यक्ष डा छिरिङ लामा, सोच प्रस्तुतकर्ता गौरीशङ्कर राजवंशीले सार्वजनिक साझेदारीमा काम गर्न आफ्ना सोच अघि सार्नुभएको थियो ।

यी सोच परिसङ्घले फागुन ८ र ९ गते राजधानीमा आयोजना गर्ने दोस्रो पूर्वाधार विकास सम्मेलनमा प्रस्तुत गरिने सो अवसरमा जानकारी गराइयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More