पूर्वी नेपाल विकास सहकार्य केन्द्रद्वारा राहत कोष गठन

13 August, 2017 23:38 | जापान | comments | 36150 Views

नेपालका विभिन्न जिल्लामा गएको वाढी तथा पहिरो प्रभावित क्षेत्रमा पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानले राहत हस्तान्तरण गर्ने जनाएको छ ।

केन्द्रको आइतबार टोकियोमा बसेको पदाधिकारीहरुको आकस्मिक बैठकले तराई तथा मुलुकभरि पहिरो तथा बाढी प्रभावित परिवारलाई तत्काल केही राहत रकम हस्तान्तरण गर्न राहत कोष बनाएको छ ।

जापानवासी नेपाली तथा संस्थामा आवद्ध पूर्वेलीहरुको सहकार्यमा तत्काल कोषमा जम्मा रकम सहयोग गर्ने जनाएको हो ।

त्यस्तै केन्द्रको पहलमा जापानमा राहत संकलन समिति गठन गरेको छ । समितिले एक आकस्मिक सहयोग कोष मार्फत प्रभावितहरुलाई राहत वितरण गर्ने जनाएको छ ।

सस्थाका अध्यक्ष सुभाष लोहनीको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष भूपी गोविन्द श्रेष्ठ, भूवन रोक्का, कुमार कार्की, डिल्लीराम सिवाकोटी, अनिता गुरुङ, जगतबहादुर खडका ज्याक, नरेन्द्र बस्नेत र सरोज भेटवाल सदस्य रहेको समितिले राहत संकलन सुरु गरेको हो ।

संस्था मार्फत सहयोग गर्न चाहनेहरुले निम्न खातामा सहयोग रकम जम्मा गर्न अपिल गरिएको छ । संस्थाको जानमा रहेको हुलाक बचत बैकको १०११०-९१३९९२२१ खातामा सहयोग रकम पठाउन सकिने छ ।
ヒガシネパールカイハツキヨウリョクセンターニホン

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

फेसबुक

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

ट्वीटर

सामाजिक सञ्जाल

More