Thursday 23, February 2017
नेपाली समय: 11:09:14
जापानी समय: 02:24:14

पूर्व राजाको प्रश्न अहिलेको अवस्था प्रजातन्त्र हो ?

17 February, 2017

gyanendra-

केही समययता मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति तीब्र असन्तुष्टि जनाउँदै कडा विज्ञप्ति जारी गर्दैआउनुभएका पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा एक विज्ञप्ति जारी गरी अहिलेको अवस्थामा प्रजातन्त्रप्रति नै प्रश्न उठाउनुभएको छ ।

६७ औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुक्रबार एक विज्ञप्ति निकालेर पूर्व ज्ञानेन्द्रले नेपाली जनताले अहिले भोगिरहेको अवस्था प्रजातन्त्र भए नभएको बारे प्रश्न गर्न बेला आएको भन्दै नेपालीजनले पाइलापाइलामा सुखानुभूति गर्नु नै प्रजातन्त्र भएको स्पष्ट पार्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘सबैले पाइला पाइलामा सूखानूभुति गर्नू नै प्रजातन्त्र हो भने हामीले भोगिरहेको वर्तमानले यस्तो अवस्था प्रदान गरेको छ कि छैन आफुले आफैलाई प्रश्न गर्नूपर्ने घडी आएको छ ।’

पूर्व राजा शाहले शासन परिवर्तनीय हुने तर राष्ट्र सर्वोपरी रहने भन्दै उहाँले आफ्नै दर्शन, गौरव, शक्ति, सभ्यता, संस्कार र शक्तिलाई बचाउनु र मर्यादित बनाउनु राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्नु सरह हुने उल्लेख गर्नुभएको छ ।

उहाँले प्रजातन्त्र आधुनिक विश्व राज्य व्यवस्थाको सुन्दर अलंकारमात्र नभई मानवीय हक र हितको आधार स्तम्भ पनि भएको स्मरण गर्नुभएको छ । प्रजातन्त्रको पहिलो शर्त जनताप्रति उत्तरदायी नेतृत्व हुनुपर्नेमा उहाँको जोड छ ।

एक शक्तिलाई माइनस गरेर राज्य सञ्चालन हुन सक्दैन : पूर्व राजा ज्ञानेन्द्र

Loading...
ads ads adsadsads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads