पूर्व राजाको वक्तव्य देशप्रतिको माया हो : ओली
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले मङ्गलबार दिनुभएको व्यक्तव्य देशप्रतिको माया भन्दै सो वक्तव्य राजकीय हैसियतमा नभई एउटा नागरिकले दिएको विचार जस्तै मात्र भएको टिप्पणी गर्नुभएको छ ।
बुधबार झापाको दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्नुहुदै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।
त्यस क्रममा उहाँले वर्तमान सरकार निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्की प्रकरणमा जस्तै आलोचित भएको बताउँदै नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको अपवित्र गठबन्धनबाट बनेको सरकारको गठन प्रक्रिया नै गलत ढङ्गले भएकाले त्यसको परिणाम अहिले देशवासीले भोग्नु परेको बताउनुभयो ।
वर्तमान सरकारले संविधान कार्यान्वयन गर्न निर्वाचनमा जानुपर्ने उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, “सरकारको अहिलेसम्मको गतिविधि निर्वाचन गराउनु सट्टा संविधान संशोधनको बहानामा अल्झिएर देशलाई द्वन्द्वमा धकेल्न मात्र उद्यत भएको आरोप लगाउनुभयो । निर्वाचन बिना संविधान कार्यान्वयन हुन नसक्ने बताउनुहुँदै अध्यक्ष ओलीले मुलुकलाई अहित चाहने र द्वन्द्वमा लैजाने गम्भीर षडयन्त्र भइरहेको छ भन्नुभयो ।
उहाँले संविधान संशोधन विधेयक संसद्मा लुकेर दर्ता गरिए पनि त्यो कुनै हालतमा पारित हुन नसक्ने दोहोर्याउनुभयो । संशोधन विधेयक देश र जनताका हितविरुद्ध तथा केही मधेसी नेताको हितमा ल्याइएको उहाँको विचार थियो । उहाँले संशोधन विधेयक फिर्ता लिएर निर्वाचनको वातावरण बनाउन लागे मात्र एमालेले सरकारलाई साथ दिने बताउनुुभयो ।
पूर्वराजा ज्ञानेन्द्र भन्छन्- नेपाल नै बच्ने हो कि होइन भन्ने अवस्था आयो
तपाईंको प्रतिकृया
ताजा समाचार
- ३३ किलो सुन काण्डः बयानका क्रममा शौचालय गएका डिएसपी फरार
- चिनको एक होटलमा आगलानीः १८ को मृत्यु
- ट्यांकरमा ताला लगाएर पेट्रोलियम ढुवानी सुरु
- थाइल्याण्डमा ट्रम्प र किमलाई वार्ताका लागि आग्रह
- शुल्क फिर्ताको माग गर्दै विद्यार्थीद्वारा आन्दोलनको घोषणा
- पार्टी एकताको मिति बैसाख १४ मा टुंगो लाग्छः अध्यक्ष दाहाल
- औषधी विभागका दुई अधिकृत घुससहित पक्राउ
- प्रदेश नं ३ सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- धरानमा गोली चल्यो,फरार अभियुक्त समातिए
- पुनःनिर्माणमा सुस्तताः आवश्यक ७.०६ खर्ब, खर्च १.२ खर्ब
- शेरबहादुर खड्का स्मृति महिला भलिबललाई ग्लोबल आईएमईको साथ
- अपिनाम्पामा पर्यटक आगमनमा कमी
- टाटा सुमोको ठक्करबाट एकको मृत्यु
- अर्जुन र जुना विरेन्द्रको ”हरेक साँझ”मा(भिडियो सहित)
- भारतीय पूर्व विदेश सचिव जयशंकर टाटाको विश्व कर्पोरेट मामिला प्रमुखमा नियुक्त
- पर्यटन मन्त्री अधिकारीको संयोजकत्वमा निजगढ विमानस्थल निर्माण समिति
- फुटबलले जगाएको आशा
- कोलकातामा नेपाली नृत्य
- तीन महिनाका लागि प्रदेश दुईको सरकारले ल्यायो १ अर्ब बढी बजेट
- जापानको बढ्दो श्रमिक समस्याको विकल्प मानवयन्त्र
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
नरेन्द्र रौले
रविन्द्र अधिकारी
भरत भुषाल
किशोर सुबेदी


