पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेर कविता लेख्दै प्रधानमन्त्री ओली

15 July, 2018 19:12 | राजनीति | comments | 21300 Views

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मदन भण्डारी कला साहित्य प्रतिष्ठानले चन्द्रागिरिमा आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन–२०७५ मा सहभागिता जनाउनुभएको छ ।

आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा आइतबार चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री केपी शर्मा ओलीसंगै स्वदेश र विदेशका साहित्यकारहरु सिर्जनामा जुटेका छन् ।

adsads

प्रधानमन्त्री ओलीले आफ्नो एक साहित्यिक सिर्जनासमेत गरी कार्यक्रममा प्रस्तुत गर्ने कार्यक्रम छ । स्रष्टाहरुले स्थलगत अवलोकनपछि साहित्य सिर्जना गर्नेछन् ।

चन्द्रागिरिमा प्रधानमन्त्री ओलीले भालेश्वर मन्दिरको दर्शन गर्नुका साथै पृथ्वीनारायण शाहको शालीकमा माल्यार्पण गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले कार्यक्रममा संक्षिप्त शुभकामना मन्तव्य व्यक्त गर्दै समृद्ध नेपालका लागि हरेकले कर्मीमौरी झैँ काम गरेर देश बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेपाल वास्तवमा गरीब नभएको र बलजफ्ती गरीब बनाइएकाले अब समृद्धिको यात्रामा लाग्नुपर्ने बताउनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More