पेट्रोल, डिजेल, ग्यास र हवाई इन्धनको मूल्य वृद्धि

8 December, 2017 23:14 | अर्थ | comments | 27150 Views

नेपाल आयल निगमले शुक्रबार मध्य रातिदेखि लागु हुने गरी सबै प्रकारको इन्धनको मूल्यमा वृद्धि गरेको छ। निगमले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो ।
निगमको सञ्चालक समितिको बसेको बैठकले शुक्रबार राति पेट्रोलको मूल्य प्रति लिटर सय रुपैयाँ, डिजेल र मट्टितेल प्रति लिटर ७७ र खाना पकाउने ग्याँसलाई प्रति सिलिण्डर एक हजार तीन सय ५० रुपैयाँ नयाँ मूल्य कायम गरिएको छ । यसैगरी आन्तरिक उडानतर्फको हवाई इन्धनलाई प्रति लिटर ८७ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनतर्फ आठ सय ५० युएस डलर कायम गरिएको छ ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार यसअघि पेट्रोलको मूल्यप्रति लिटर ९८ रुपैयाँ, डिजेल र मट्टितेल प्रति लिटर ७४ र खाना पकाउने ग्यासलाई प्रति सिलिण्डर एक हजार तीन सय २५ रुपैयाँ कायम गरिएको थियो ।
इण्डियन आयल कर्पोरेशन (आईओसी) ले निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार इन्धनको मूल्य समायोजन गरिएको उनले बताए । मूल्य समायोजन नगर्दा पछिल्लो समयमा निगमलाई मासिक घाटा एक अर्ब ६ करोड मासिक घाटा हुँदै आएको थियो । मूल्य समायोजन भएपनि निगमले मासिक ४० करोड अझै घाटा व्यहोर्ने प्रवक्ता गोइतले जानकारी दिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

प्रम कार्यालय

फेसबुक

प्रम कार्यालय

ट्वीटर

सामाजिक सञ्जाल

More