पेस्तोल र लागू औषधसहित भारतीय पक्राउ

25 April, 2018 21:54 | जन सरोकार | comments | 20250 Views

 

प्रहरीले पेस्तोल तथा ठूलो मात्रामा लागूऔषधसहित ७ जना भारतीय पक्राउ परेका छन् । ३ वटा भारतीय नम्बरप्लेटको मोटरसाइकलमा सवार भारतीयहरुलाई विरानटगरमा पक्राउ गरेको हो ।

उनीहरुबाट मेड इन यूएसए लेखिएको पेस्तोल तथा विभिन्न किमिसका लागूऔषधहरु बरामद भएको मोरङका एसपी अरुणकुमार बिसीले बताए ।

उनीहरुबाट प्रहरीले एभिल १७ सय ७५, डाईजेलाभ ५ सय, स्पास्मो प्रोक्सिभन १७ सय ७६, नाइट्रोसन ट्याब्लेट ७ सय २५ थान लागूऔषध बरामद गरेको छ । उनीहरु लागूऔषध कारोबारी समूह रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा बिहारको अररिया घर भएका रोहित कुमार शर्मा, बिनोद यादब, राजा कुमार यादव, निलमदेवी यादव, कुमार दास, कुमार शर्मा, सुरज नारायण यादब छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!