Thursday 27, April 2017
नेपाली समय: 10:55:37
जापानी समय: 02:10:37

पैसाको लागि रेलमा गीत गाउँथे आयुष्मान

21 April, 2017

बलिउड गायक तथा अभिनेता आयुष्मान खुराना अहिले सफल व्यक्तिमा गनिन्छन् ।

ayushmann-blaunpankt20140225120209488

उनको नाम अहिले बलिवउ का चर्चित र ठूला स्टारहरुको सूचिमा पर्छ । तर एक समय यस्तो थियो उनी कलेजको दिनमा रेलमा गीत गाएर पैसा कमाउँथे । हालै मात्र आगामी सिनेमा ‘मेरी प्यारी विन्दु’को प्रमोशनल कार्यक्रममा उनले यसको खुलासा गरेका हुन् ।

यस सिनेमामा समावेश एक गीतमा आयुष्मान र परिणीती लाई कलेज पढ्ने विद्यार्थीको रुपमा देखाईएको छ । यहि गीतको प्रसंगमा आयुष्मानले आफूले कलेजको दिनमा पश्चिम एक्प्रेसमा दिल्ली देखि मुम्बई सम्म जाने र रेलको हरेक डब्बामा गीत गाउने अनि साथीहरुले पैसा जम्मा गर्ने गरेको खुलासा गरे ।

उनीहरु त्यहि पैसा गोवा घुम्न जान प्रयोग गर्थे । आयुष्मानले कलेजका दिनमा थियटर, लाईभ शो र सडकमा पनि केही शोहरु गरेका छन् । उनी रेल गायकका रुपमा परिचित त थिए नै ।

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo