पोखरा पृथ्वीचोकबाट लखन थापाको शालिक रातारात गायब

26 September, 2017 18:59 | जन सरोकार | comments | 32100 Views

पोखराको पृथ्वीचोकमा रहेको आइल्यान्ड र लखन थापाको शालिक सोमबार राति महानगरपालिकाले हटाएको छ।  बढी भिडभाड हुने चोकमा रहेको आइल्याण्ड रातारात हटाइएको हो।

यसअघि चाइना चोक हुँदै पृथ्वीचोक कहलिएको यहाँ गणतन्त्रपछि लखन थापाको शालिक राखिएको थियो। साँघुरो चोकमा ठूलो ठाउँ ओगटेको यस स्थानमा प्रशासनले मध्यरातमा सुरक्षाकर्मी साथ लिएर आइल्याण्ड र शालिक हटाएको हो । शालिकले बढी ठाउँ ओगटेको भन्दै गएराति शालिक हटाइएको हो।

मंगलबार बिहान पोखरेलीले उक्त स्थान टुँडिखेलजस्तो देखेपछि अचम्भित भएका थिए। नेपाल मगर संघले आन्दोलनको दबाबमा उक्त स्थानमा प्रथम शहिद लखन थापाको शालिक राखेका थिए। तर, मंगलबार बिहानपछि उनीहरु आक्रोशित भएका छन्। यद्यपि, सुरक्षा र सौन्दर्यका कारण र दशैंको माहौलमा उनीहरुबाट विरोध भएको पाइएको छैन। मगर समुदायले सामाजिक सञ्जालमा यसको व्यापक विरोध गरिरहेका छन् । चोकबाट सबै शालिक हटाएर कुनै पार्क राख्नुपर्ने धेरैको माग छ भने मगरहरुको प्रथम शहिद लखन थापाको शालिक सोही ठाउँमा पुनस्र्थापना गर्न माग छ। महानगरपालिकाले लखन थापाको शालिकसँगै जिरो किलोमिटरमा रहेको योगेन्द्रमान शेरचनको शालिम पनि हटाइएको छ।

लखन थापालाई विभूति घोषणा गर्न माग

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

फेसबुक

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

ट्वीटर

सामाजिक सञ्जाल

More