पोखरा रंगशाला निर्माणका लागि ६ कम्पनीको आवेदन

13 December, 2017 15:24 | खेल | comments | 106650 Views

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल टेन्डर’मा ६ कम्पनीले आवेदन दिएका छन् । राष्ट्रिय खेलकुद परिषद्ले गत ७ कात्तिकमा आगामी वर्ष नेपालमा हुने तय भएको सागलाई ध्यानमा राख्दै १० महिनाभित्र पोखरा रंगशाला निर्माण गरिसक्ने गरी रंगशाला निर्माणको ‘ग्लोबल टेन्डर’ आह्वान गरेको थियो ।

अधिकांश चिनियाँ कम्पनी
आइतबार खोलिएको टेन्डरमा ६ कम्पनीको आवेदन परेको हो । रंगशाला निर्माणमा अधिकांश चिनियाँ कम्पनीले आवेदन दिएका छन् । ६ मध्ये चारवटा चाइनिज कम्पनीले रंगशाला निर्माणका लागि आवेदन दिएका हुन् । त्यस्तै, भारतीय दुई कम्पनीले निर्माणका लागि आवेदन दिएका छन् ।

मापदण्ड चेक हुँदै
राष्ट्रिय खेलकुद परिषद्ले आइतबार टेन्डर खोलेपछि पहिलो चरणमा सबै ६ कम्पनीले तोकिएको मापदण्ड पूरा गरे–नगरेको तय गर्नेछ । टेन्डरका दौरान ‘डिजाइन विथ कन्ट्र्याक्ट’ भनिएकाले सबै कम्पनीले आफ्नो डिजाइनसहित आवेदन दिएका छन् । यस्तोमा मापदण्ड पूरा गरेका कम्पनीलाई ‘फाइनल विट’मा सहभागी गराएर छनोट गरिने राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ इन्जिनियर अरुण उपाध्यायले जानकारी दिए । विशेष गरेर आवेदन दिएका कम्पनीले अन्तर्राष्ट्रिय क्षेत्रमा कुनै एक रंगशाला निर्माण गरेको अनुभव हुनैपर्ने छ । साथमा उनीहरूको प्राविधिक र आर्थिक पक्षको पनि सूक्ष्म अध्यनपछि फाइनल छनोटका लागि योग्य या अयोग्य छुट्याइनेछ ।

यसरी हुनेछ फाइनल छनोट
टेन्डर आह्वानका दौरान खुलाइएको मापदण्ड पहिलो चरणमा चेक भएर पास भएपछि तीमध्येबाट कम्पनीहरूका राम्रा स्ट्रक्चरहरूको डिजाइन हेरेर कुनै एक अथवा सबैका राम्रा पार्टहरू जम्मा गरेर एउटा स्ट्रक्चर तयार गरिनेछ । त्यसपछि, मापदण्ड पूरा गरी अन्तिम चरणमा पुग्न सफल कम्पनीहरूबीच रंगशाला निर्माणको ‘फाइनल टेन्डर’ गरिनेछ र एक कम्पनीले निर्माणको जिम्मा प्राप्त गर्नेछ ।

स्टिलको मात्र प्रयोग
रंगशाला निर्माणका लागि स्टिलको मात्र प्रयोग गरिनेछ । त्यसका लागि अन्तर्राष्ट्रिय मादण्ड पूरा गरेका सामान र निर्माण कम्पनीहरूको छनोट गरिनेछ, जसका लागि राष्ट्रिय खेलकुद परिषद्ले सम्बन्धित क्षेत्रका विज्ञ राखेर निर्माणमा प्रयोग हुने सामानहरूको मापदण्ड तय गर्ने इन्जिनियर उपाध्यायले जानकारी दिए । रंगशाला निर्माणका लागि स्ट्रक्चर र कस्ता सामानको प्रयोग हुन्छ भन्ने यकिन भएपछि मात्र कुल लागत थाहा हुुनेछ । यद्यपि, फ्रड लाइट र सम्पूर्ण स्ट्रक्चर तयार गर्न करिब डेढ अर्ब लागत अनुमान गरिएको छ ।

आवेदन दिने कम्पनीहरू
– जेटिएसजे (चीन)-कालिका जेभी (नेपाल) संयुक्त
– कोबेक (चीन)
-महालक्ष्मी जेभी (भारत)
– हुनान (चीन)-विकोई (भारत) संयुक्त
– सिएमई कन्स्ट्रक्सन प्रोजेक्ट (चीन)
– ग्रेट स्पोर्टस इन्फ्रा (भारत)-अल्कोर (फ्रान्स) संयुक्त

पोखरा रङ्गशालाबाट देखिएको माछापुच्छ्रे हिमाल

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युगान्डा

फेसबुक

युगान्डा

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!