पोन्टिङ भन्छन्- प्राविधिक कारणले सन्दीपलाई मैदानमा पठाउन पाइएन (भिडियोसहित)

21 May, 2018 20:14 | खेल | comments | 42900 Views

नेपाली क्रिकेटर सन्दीप लामिछानेको चर्चा विश्व क्रिकेटमा चुलिएको छ । अहिले जताततै सन्दीप नै सन्दीपको नाम छ ।

adsads
नेपालमा पनि क्रिकेट खेलिन्छ र भन्ने भारतीय खेलाडीहरुलाई सन्दीप लामिछानेले उनीहरुकै भूमिमा खेलेरै देखाइदिए । नेपालीले क्रिकेट खेल्ने मात्र हैन भारतीयहरुलाई नै पछार्न सक्षम छ भन्ने सावित गरिदिए ।

आईपिएलमा दिल्ली डेयरडेभिल्सले २० लाख भारुमा किनेका सन्दीपलाई सुरुवातबाटै मैदानमा नउतार्दा दिल्लीले ठूलो मूल्य चुकाउनु परेको छ । पछिल्ला तीन खेलमा सन्दीपलाई मैदानमा उत्रिए र आफूलाई अब्बल सावित गरिदिए । उनले तीन खेलमा पाँच विकेट लिए ।

दिल्लीले खेलेको प्रतियोगिताको अन्तिम खेलमा आइतबार त सन्दीपले कमालै गरे । उनलाई सुरुवाती बल थमाइयो । कप्तानको निर्णयलाई सही सावित गर्दै चौथो बलमा विकेट लिए । उनको आक्रमण यतिमै सीमित भएन । उनले अरु दुई विकेट लिएपछि भारतीय मिडियामा उनी नै उनी छाए ।

सन्दीपलाई किन नखेलाएको भन्ने प्रश्न अहिले जताततैबाट उठेपछ दिल्लीका प्रशिक्षक रिकीले सीमित विदेशी खेलाडी मात्र मैदानमा उतार्न पाउने प्रावधानका कारण सन्दीपभन्दा अनुभवी खेलाडी रहेकाले उनी बेन्चमा बस्न बाध्य भएको प्रष्टिकरण दिएका छन् ।

पोन्टिङ भन्छन्- “सन्दीपको प्रतिभामा हामीलाई शंका थिएन । तर, हामीसँग राबाडा, क्रिस मोरिस, ग्लेन म्याक्सवेल जस्ता अनुभवी खेलाडी थिए । त्यसैले विदेशी कोटामा सन्दीपलाई अटाउन गाह्रो भयो ।”

उनी अगाडि थप्छन् हामीले विगत ८ ९ हप्तादेखि उनलाई नियालिरहेका छौं । उनी हरेक दिन बिहानदेखि बेलुकासम्म नथाकिकन बलिङ अभ्यास गरिरहन्थे र उनको अनुहारमा मुस्कान कहिल्यै पनि टुट्दैनथ्यो ।

आईपीएलमा उदाएका केही प्रतिभावान युवा खेलाडीमा सन्दीप पनि पर्छन् । हामी उनको लामो र सफल आईपीएल करिअरको आशा गरिरहेका छौं । यस्ता युवा खेलाडीहरु देख्दा असाध्यै खुशी लाग्छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More