पोर्चुगलमा सोनाम ल्होसार मनाइदै

11 January, 2018 17:55 | प्रबास | comments | 102150 Views

तामाङ समाज पोर्चुगलले नेपालका तामाङ जातिको मौलिक पर्व ‘सोनाम ल्होसार’ राजधानी लिस्वनमा आगामी जनवरी २८ मा मनाउने भएको छ ।

‘तामाङ जातिको परिवर्तन ,शैक्षिक तथा आर्थिक सुदृढिकरण’भन्ने मूल नाराका साथ विभिन्न साँस्कृतिक झाँकीहरु सहित लिस्वन स्थित टाइम आउट स्टुडियोमा मनाउने तयारी भएको आयोजकले जनाएको छ ।

adsads

तामाङ समाज पोर्चुगलको मुख्य आयोजनामा हुन लागेको उक्त २८५४औँ सोनाम ल्होसार (नागी ल्हो) कुकुर वर्ग लाई स्वागत गर्दै  मनाउने तयारी भएको समाजका अध्यक्ष सोनाम योञ्जन लामाले जानकारी दिनुभयो ।

उक्त ल्होसार साँस्कृतिक नेपालका चर्चित गायिका इन्दिरा गोले तामाङ तथा कृष्ण वाईबाको प्रमुख आतिथ्यतामा अन्य स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने बताइएको छ ।

उक्त ल्होसार कार्यक्रम बापत जम्मा भएको रकम नेपालमा रहेका विपन्न तथा गरिब तामाङ समुदायका बालबालिकाहरुको शैक्षिक तथा आर्थिक उन्नतिका लागि खर्च गरिने  अध्यक्ष लामाले बताउनु भएको छ ।

सोनाम ल्होसारमा प्रधानमन्त्री प्रचण्ड

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More