चितवन र गोर्खामा दुईको मृत्यु, प्युठानमा दुई युवतीको शव फेला

19 February, 2015 17:22 | जन सरोकार , मुख्य समाचार | comments | 20550 Views

Truckप्युठान जिल्लाको पूर्वी क्षेत्र तुषारा गाविसमा दुई किशोरी मृत अवस्थामा भेटिएका छन् । एउटै रुखमा नाम्लोको डोरीमा झुण्डिएको अवस्थामा उनीहरु मृत फेला परेका हुन् ।

जिल्ला प्रहरीका अनुसार तुषारा–६, निवासी सुजाता एमसी वर्ष १६ की हुन् भन सूचना एमसी वर्ष १७ की थिइन् । बुधवार बेलुकीदेखि परिवारको सम्पर्कमा नरहेका उनीहरु बिहीबार बिहान घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

बेलुकादेखि घरमा नभएकाले परिवारका सदस्यले बिहानै खोजतलासका लागि गाउँ जान लाग्दा घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा देखेका थिए ।

मृतक किशोरीहरु एउटै परिवारका दाजुभाइका छोरी हुन्। स्थानीय सत्य माध्यामिक विद्यालयमा सुजाताले कक्षा ८ र सुचनाले कक्षा ९ मा अध्यनरत विद्यार्थी थिइन् ।

घटनाको जानकारी पाए लगत्तै घटनास्थल पुगेको प्रहरीले उनीहरु आफैँले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने अनुमान गरे पनि घटना रहस्यमय भएको बताए ।

यसै गरी पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको तरकारी चोकमा बिहिबार बिहान दुई ट्रक एकापसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी ११ जना घाइते भएको प्रहरीले जनाएको छ । कठारबाट तरकारी लिएर आउँदै गरेको बा१ख ६६७४ नं को मिनी ट्रक र पूर्वतर्फ जाँदै गरेको ना५ख ५८७६ नंको ट्रक खैरहनी र रत्ननगर नगरपालिकाको सिमानामा ठोकिँदा मिनी ट्रकका चालक कृष्ण गिरीको मृत्यु भएको हो ।

घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने अर्को ट्रकका चालक प्रहरी नियन्त्रणमा छन् ।

यसै गरी गोरखाको देउराली गाविस–९ स्थित भट्टबेंसीबाट धुवाँकोटको शेराबेंसी जाँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बिहिबार बिहान ग१त १११३ नंको ट्र्याक्टर सडकबाट भालुखोलामा खसेपछि चालक प्रभु अधिकारीको घटनास्थमै मृत्यु भएको हो । ट्र्याक्टर सडकबाट करिब ५० मि तल खसेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख रमेश थापाले जानकारी दिनुभयो ।

चालक अधिकारीले ट्र्याक्टरको टेलरबिना अगाडिको भाग मात्रै लिएर शेराबेंसी जाँदै थिए । शव परीक्षणका लागि गोरखा जिल्ला अस्पताल ल्याइएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

फेसबुक

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

ट्वीटर

सामाजिक सञ्जाल

More