प्रचण्ड प्रचण्ड

  • प्रचण्ड
  • प्रचण्ड
  • प्रचण्ड
  • प्रचण्ड
  • प्रचण्ड
  • प्रचण्ड

प्रचण्डको चुनावी सभालाई लक्षित गरी बम विस्फोट

2 December, 2017 19:55 | प्रदेश/प्रतिनिधिसभा निर्वाचन | comments | 58950 Views

प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेको सभालाई लक्ष्य गर्दै कपिलबस्तु जिल्लाको मायादेवी गाउँपालिका पकडीमा बम विस्फोट गराइएको छ ।

वाम गठबन्धनले आज(शनिबार) आयोजना गरेको आमसभालाई सम्बोधन गर्न जिल्लाको पकडी पुग्नुभएका पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहालले आमसभामा सम्बोधन टुँग्याएलगत्तै ठूलो आवाजका साथ विस्फोट भएको छ ।

सभा समापन भइसकेका कारण विस्फोटबाट भने कुनै क्षति नभएको प्रहरीले जनाएको छ । विष्फोटको आवाजसँगै सभामा आएका सर्वसाधारणको भागाभाग भएको छ । पूर्व प्रधानमन्त्री दाहालले सम्बोधन गरेको मञ्चबाट करिब १०० मिटरको दूरीमा विस्फोट भएको हो । घटनास्थललाई नियन्त्रणमा लिएर नेपाली सेनाको टोलीले अनुसन्धान गरिरहेको छ ।

मतदानको दिन नजिकिँदै गर्दा जिल्लामा बम विस्फोटका घटना बढ्न थालेको छ । शुक्रबारमात्रै जिल्लाका विभिन्न तीन स्थानमा बम विस्फोट भएको थियो । जिल्लामा थप बम विस्फोटका घटना हुन नदिन र मतदान प्रक्रिया भयरहित वातावारणमा सम्पन्न गराउन जिल्लाका तीनवटै सुरक्षा निकायलाई सघन ढंगबाट परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिनुभएको छ ।

बम विस्फोट गराउन खोज्ने दुई जना सार्वजनिक

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
प्रचण्ड

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

शत्रु गते

फेसबुक

शत्रु गते

ट्वीटर

सामाजिक सञ्जाल

More