प्रचण्डको मुड चेन्ज : तत्काल राजीनामा नगर्ने

19 May, 2017 11:09 | पत्रपत्रिका | comments | 7500 Views

प्रचण्ड

पहिलो चरणको निर्वाचनमा केही तहमा तालमेल गरेर निर्वाचनमा भाग लिएका सत्तारुढ दल र नेकपा माओवादी केन्द्रमा खटपट सुरु भएको छ ।

चुनाव तालमेल भएको चितवनको भरतपुर महानगरपालिकामा अपेक्षाअनुसारको मत परिणाम नआएपछि माओवादीले कांग्रेसले ‘बेइमानी’ गरेको निष्कर्ष निकालेको छ ।

कांग्रेस र माओवादीबीच भएको सहमतिअनुसार बैशाख ३१ गतेको पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै जेठको पहिलो साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिने बताइए पनि पहिलो साता राजीनामा नगर्ने मनस्थितमा प्रधानमन्त्री पुगेका छन् ।

प्रधानमन्त्री दाहालले जेठ १५ गते कामचलाउ बजेट घोषणा गरेर मात्र राजीनामा दिने तयारी गरेका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

दाहालले जेठ ८ मा राजीनामा गर्ने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More