Monday 23, January 2017
नेपाली समय: 08:31:23
जापानी समय: 11:46:23

प्रचण्ड हिटलर बन्न खोजेको नेता ओलीको आरोप

11 January, 2017

प्रचण्ड हिटलर बन्न खोजेको नेता ओलीको आरोप

विप्लव माओवादीका स्थायी कमिटी सदस्य हेमन्तप्रकाश ओलीले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘जनअदालत’मा उभ्याउने चेतावनी दिएका छन् ।

प्रचण्ड हिटलर बन्न खोजेकाले उनलाई जनअदालतमा उभ्याउनु पर्ने बेला भएको ओलीले बताए ।नेकपा माओवादी जाजरकोटको चौथो जिल्ला सम्मेलनको उद्‍घाटन कार्यक्रममा उनले माओवादीले पनि आफ्नो जनसत्ता सञ्चालन गरेको बताए । पुरानो सत्ताका राजा बस्ने ठाउँमा पुगेका प्रचण्डलाई जनसत्तामा उभ्याएरै छाड्ने उनले बताए ।

प्रचण्ड पुरानो सत्ताको मालिक बनेकाले अबको क्रान्ति नै प्रचण्डविरुद्ध भएको उनको भनाइ छ । माओवादीले पुराना सत्ताको विकल्पमा जनक्रान्ति गर्न लागेको उनले बताए । जनक्रान्ति हतियारको मात्र नभई राष्ट्रप्रेमी सबै मिलेर गर्ने क्रान्ति भएको ओलीको भनाइ छ ।

उनले बाबुराम भट्टराईको पार्टी नयाँ शक्ति नभई पुरानो शक्ति भएको बताए ।

आजको कान्तिपुरमा खबर छ ।

माओवादी दुई जिब्रे पार्टी,आफ्नो स्वार्थ सिद्ध गर्न राजनीति गर्छन प्रचण्ड .-रेखा थापा

Loading...
ads ads adsadsads ads ads
ads
ads

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

logo
ads