Thursday 27, April 2017
नेपाली समय: 10:56:08
जापानी समय: 02:11:08

प्रजातान्त्रिक संस्कार र नैतिकता सम्बृद्दिको बाटो

17 April, 2017

कोमल पौडेल
हेल्सिन्कि, फिन्ल्याण्ड्

कोमल पौडेलप्रजातान्त्रिक संस्कार र नैतिकता बुझेका राजनीतिक पार्टीले मात्र देशलाई सम्बृद्द बनाउन सक्छन ।संस्कार बिनाको प्रजातन्त्रले देशलाई अधोगती तिर लैजान्छ ।

प्रजातान्त्रिक संस्कार भनेको राजनीतिक अनुशासन हो । राजनितिक अनुशासनमा जनता प्रमुख हुन्छन् । सबै राजनितिक समस्याको समाधान जनमतबाट हुनेगर्छ । राजनितिक अनुशासन भनेको राजनीतिकको नाममा कुनै पनि हानी नोक्सानी नपुर्याउने, राजनीतिक स्वतन्त्रताको अधिकारलाई बुझ्ने र स्वीकार गर्ने, आफ्नो राजनीतिक अधिकार प्रयोग गरिरहदा समाजको र इतर बिचार भएकाहरुको अधिकारमा आच नआउने तरिकाको सोचको विकास गर्नु हो ।

यदी त्यो देशको कानुनले बहुदलीय राजनीतिक प्रणालीको ब्यबस्था गरेको छ भने त्यो कानुनी मान्यतालाई पुन बिचार गरिरहनु र आफ्नो कृयाकलापलाई कानुनी दायारा भित्र राख्न सक्नु प्रजातान्त्रिक संस्कार हो । आफ्नो दल जति महत्वपुर्ण हुन्छ अर्को दल पनि त्यत्तिकै महत्वपुर्ण छ भन्ने स्वीकार गर्नु, समाजलाई दवाव सृजना नगरी आफ्ना एजेण्डाहरु राख्नु, सबैका बिचार सुन्नु, सबै राजनीतिक पार्टीका शान्तिपुर्वक गरिएका गतिबिधिमा आपत्ती नजनाउनु राजनितिक सस्कार हो ।

आफ्नै पार्टी भित्र प्रजातन्त्र र समाजको अधिकार प्रती सचेत हुनु, राजनीतिक प्रतिसोधको भाव नराख्नु, राजनीतिक आस्थाको कारणा पक्षपात नगर्नु, राजनीतिक आस्थालाई सामान्य राजनीतिक अधिकारको उपायोगको रुपमा लिनु र स्वीकार गर्नु प्रजातान्त्रिक संस्कार हो । राजनीतिक गर्नेहरुबाट जनता सधै सम्रक्षित हुनु, जन अधिकारको गम्भीर रुपमा सम्मान गर्नु, राजनितिक गर्ने नाममा समाजको धनजनको कुनै प्रकारले क्षती नगर्नु राजनीतिक अनुशासन हो । राजनितिक अनुशासन वा प्रजातान्त्रीक सस्कारले देश सम्बृद्दितिर लैजान्छ र समाज सुबिधायुक्त अनि सुरक्षित हुन्छ भने यो नभुझेको प्रजातन्त्रले देश अधोगती तिर जान्छ समाज सधै असुरक्षा र समस्याग्रस्तबाट गुज्रीरहन्छ ।

सक्षम राजनीतिक पार्टीले अर्को पार्टीको एजेण्डाको कमजोरी, कार्यशैलीको कमजोरी, आर्थिक अनुशासनहीनता वा नीतिगत कमजोरी भएमा र त्यसले देश र समाजको हीत बिपरित प्रभाव पार्ने भएमा त्यसमा समाजलाई सचेत पार्ने काम गर्छ । त्यही नै उसको जन समर्थन जुटाउने कारण बन्दछ । झुटा आरोप्, जन दवाब्, रकम को बाडफाड अनि लोभ र पक्षपात गर्नु अनुशासनहीनता हो । यसरी जुटाएको जनसमर्थन अस्थायी हुन्छ । राजनितिक नाममा हिम्सा गर्नु जघन्य अपराध हो । राजनीतिक गर्ने नाममा समाजको क्षती पुर्याउनु राजनीतिक अनुशासन र प्रजातान्तृक सस्कार सुन्य हुनु हो । यस्ता राजनीतिक पार्टीलाई समाजको धन जनको सुरक्षाको निम्ती सरकारले तुरुन्त राजनीतिक गतिबिधी गर्न नपाउने गरी प्रतिबन्ध लगाउनु पर्ने हुन्छ। जनताको मौलिक अधिकारको सम्मान गरेको राजनितिक गतिबिधी नै शु सस्कृत राजनीतिक अभ्यास हो । यही नै प्रजातान्तृक सस्कार हो ।

नैतिकता अभ्यासमा देखिने कुरा हो । ।मोरालिटी भन्ने गुणले नै मानिस र पशुलाई छुट्याएको छ । बौद्दिकता जन्मदा ल्याइन्छ भने नैतिकता समाजबाट आर्जन गरिन्छ । राराजनीतिकमा नैतिकता एउटा मान्छेमा मेरुदण्ड जस्तै हो । राजनितिकमा नैतिकता एउटा समाज र देशको दायित्वको बोधले जन्माउछ ।एउटा जिम्मेवार राजनीतिक पार्टीमा नेताहरुमा, कार्यकर्ताहरुमा व्यक्तिगत नैतिकता, राजनीतिक कमिटी भित्र र सिंगो पार्टीभित्र नैतिकता हुनुपर्दछ ।

आर्थिक पारदर्शिता ,जन अधिकारको सम्मान्, जनधनको संरक्षण, आफ्नो जिबिकोपार्जनको निम्ती आयस्रोतको निश्चितता, कानुनी दायारा भित्रका गतिबिधी अनि सरलताले नैतिकवान भएको प्रमाणित गर्दछ । नैतिकता बीनाको नेतृत्वले देशको अधोगती गराउछ र समाजमा दुख निम्त्याउछ । प्रजातान्त्रिक संस्कार लई आत्मसाथ गरी नैतिक सीमा भित्र रहेर भएको प्रजातान्तृक अभ्यास मात्र देश सम्बृद्दी बनाउने बाटो बन्न सक्छ ।

 

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo