अनुराग अनुराग

  • अनुराग
  • अनुराग
  • अनुराग
  • अनुराग
  • अनुराग
  • अनुराग

 प्रताप दासले गाएको चलचित्र ‘अनुराग’को दोस्रो गीत सार्वजनिक (लिरिकल भिडियो)

13 March, 2018 14:43 | कला/मनोरन्जन , कलिउड | comments | 78600 Views

अनुराग

नेपाल आइडलका प्रताप दासले गाएको “तिम्रो स्वरमा स्वर मिलाई’ बोलको लिरिकल भिडियो सार्वजनिक भएको छ ।

गीतमा सरोज पोखरेलको संगीत रहेको छ भने शब्द सत्यराज चौलागाईं छ ।

adsads
उक्त लिरिकल भिडियोलाई टेकेन्द्र शाहले सम्पदान गरेका छन् ।निर्देशक सत्यराज चौलागाईंको डेब्यु निर्देशन रहेको फिल्म ‘अनुराग’को आगामी जेष्ठ ११ गतेलाई प्रदर्शन मिति तोकिएको छ ।

‘अनुराग’मा नायिका एलिजा गौतमका साथमा नव नायक समुन्द्र पण्डित र ठिलेन लामाको मुख्य अभिनय रहेको छ ।साथै फिल्ममा राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विश्व बस्नेत , शिशिर राणा, मोहन निरौला लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

एक पृथक संगीतिक प्रेमकथामा बनेको ‘अनुराग’लाई एरिका फिल्म्सको ब्यानरमा तयार पारिएको हो।चर्चित पत्रकार ऋषि धमलाको प्रस्तुति रहेको ‘अनुराग’ फिल्ममा भरत गौतम र गीता भेटवालको लगानी रहेका छ । उक्त फिल्ममा लाइन प्रोडुसर दिपक गौतम रहेका छन भने निर्माण नियन्त्रकका रुपमा नविन पुरी रहेका छन् ।

फिल्ममा ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, प्रविन सिंह र बिक्रम स्वारको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद, राम कुमार केसीको छायाँकन रहेको छ । उक्त लिरिकल भिडियो ओएसआर डिजिटल युट्युव च्यानल सार्वजनिक गरिएको छ ।

लिरिकल भिडियो –

२१ वर्ष कान्छीको प्रेममा छन् निर्देशक अनुराग

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
अनुराग

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

ट्रंप

फेसबुक

ट्रंप

ट्वीटर

सामाजिक सञ्जाल

More