प्रतिरक्षा गर्नसक्ने गरी संविधान संशोधन हुनेमा प्रधानमन्त्री आबे ढुक्क

17 November, 2017 19:26 | जापान | comments | 27450 Views

मुलुकको सुरक्षाका लागि संविधान संशोधन आवश्यक रहेको भन्दै सोही एजेण्डा बोकेर निर्वाचन जितेका जापानका नवनिर्वाचित प्रधानमन्त्री सिन्जो आबेले आफू संविधान संशोधन गर्नसक्नेमा ढुक्क भएको बताउनुभएको छ ।

सत्तारुढ गठबन्धनको विजय पश्चात पुनः प्रधानमन्त्रीमा चयन भएपछि दिनुभएको पहिलो नीतिगत विषयको सम्बोधनका क्रममा शुक्रबार प्रधानमन्त्री आबेले सो कुरा बताउनुभएको हो ।

समाचार अनुसार सम्बोधनका क्रममा प्रधानमन्त्री आबेले आफूलाई संविधान संशोधनको जनमत नागरिकले दिएका छन् र त्यसैबमोजिम नै सबै कुरा राम्रो तरिकाबाटै अघि बढिरहेको बताउनुभएको हो ।

प्रधानमन्त्री आबेले वर्तमान सत्तारुढ दललाई थप बलियो बनाउने र यसका माध्यमबाट देशमा आर्थिक मुद्दाहरू अगाडि बढाउने घोषणा निर्वाचनको मुखमा गर्नुभएको थियो ।

निर्वाचनमा जापानी प्रधानमन्त्री आबेको प्रमुख एजेण्डा आर्थिक सुधारका साथमा संविधान संशोधन थियो । जापानको कानुन सन् १९४७ मा अमेरिकाले निर्माण गरेको हो । जापान दोस्रो विश्वयुद्धमा तहसनहस भएपछि अमेरिकाले जापानको संविधान बनाइदिएको थियो ।

पछिल्लो समय उत्तर कोरियाले जापान लक्षित आणविक हतियार परीक्षण र क्षेप्यास्त्र प्रक्षेपण गर्न थालेपछि प्रतिरक्षा गर्नसक्ने गरी संविधान संशोधन आवश्यक थियो । वर्तमान संविधानमा जापानले युद्धगर्न नसक्ने गरी व्यवस्था गरिएको छ । यो नियमका कारण जापानी सेना युद्धगर्न सक्दैन । त्यसैले प्रधानमन्त्री आबेले यसलाई परिवर्तन गर्न चाहनुभएको छ ।

उत्तर कोरियाको विरुद्धमा आवश्यक नीति अख्तियार गर्न, समय सापेक्ष जापानको सुरक्षा नीति निर्माण गर्न संविधान संशोधन आवश्यक रहेको र त्यसका लागि संसदमा दुई तिहाई बहुमत आवश्यक परेको प्रधानमन्त्री आबेले बताउँदै आउनुभएको थियो ।

त्यसैले अब उनले बहुमत हासिल गरेपछि जापानमा के कस्तो नीतिगत र आर्थिक परिवर्तन गर्नेछन् भन्ने विषयमा विभिन्न विश्लेषण हुन थालेका छन् ।

गत अक्टोबर ११ मा भएको आम निर्वाचनमा प्रधानमन्त्री सिन्जो आबेको दल लिबरल डेमोक्र्या्टिक पार्टी (एलडीपी) ले २ सय ८३ स्थानमा जित हासिल गरेको थयो । जापानको प्रतिनिधिसभा ४ सय ६५ सदस्यीय रहेको छ ।

प्रम आबेको सत्तारुढ गठबन्धनलाई दुईतिहाई मत, संविधान संशोधनको ढोका खुल्यो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More