प्रत्यक्षतर्फको मतगणना सकियो, अब समानुपातिकको मात्र बाँकी, बाम गठबन्धनको दुई तिहाई

13 December, 2017 16:14 | प्रदेश/प्रतिनिधिसभा निर्वाचन | comments | 28350 Views

मंसिर १०र २१ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतगणना सकिएको छ । बुधबार विहान सुनसरी क्षेत्र नं. ३ को नतिजा आएसंगै मतगणना सकिएको हो ।

मतगणना सकिएसँगै प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये एमालेले ८० सिट जितेर पहिलो दल बनेको छ । समानुपातिकतर्फ पनि एमालेको अग्रता कायमै रहेकाले अब बन्ने प्रतिनिधिसभामा एमाले एक्लैको बहुमत पुग्ने सम्भावना बढेको छ ।

बाम गठबन्धन प्रत्यक्ष र समानुपातिकबाट दुई तिहाई पुग्ने देखिएको छ । प्रत्यक्षतर्फ माओवादीले ३६ सिट जितेको छ भने समानुपातिकमा तेस्रो स्थानमा छ ।

यस्तै नेपाली कांग्रेसले २३ सिट जितेर तेस्रो स्थानमा झरेको छ । उ समानुपातिकमा दोस्रो स्थानमा छ । प्रत्यक्ष निर्वाचनतर्फ वामपन्थी गठबन्धनले ११७ सिट जितेर दुई तिहाइ पुर्याएका छन् ।

कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले ३८ सिट जितेको छ जसमा नयाँ शक्तिका डा बाबुराम भट्टराई पनि पर्छन् । त्यस्तै मधेसवादी गठबन्धनले २१ सिट जितेको छ । जसमध्ये राजपाले ११ र संघीय समाजवादी फोरमले १० सिट जितेका छन् । कुनै पनि गठबन्धनमा नरहेको नेपाल मजदुर किसान पार्टीले एक सिट जितेको छ ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभातर्फको प्रत्यक्षतर्फको मतगणना सकिएसँगै समानुपातिकको गणना पनि बिभिन्न जिल्लामा सकिएको छ ।

गच्छदारलाई जिताउन सेटिङ मिलाएको आरोप

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

प्रम कार्यालय

फेसबुक

प्रम कार्यालय

ट्वीटर

सामाजिक सञ्जाल

More