प्रथम ‘मिस नेपाल युनिभर्स’ नग्मा श्रेष्ठ मिस नेपाल नर्थ अमेरिकाकि आधिकारिक होस्ट

14 July, 2018 16:11 | प्रबास | comments | 12750 Views

विजय थापा, वाशिंगटन डिसी । अमेरिकाको न्यूयोर्क शहरमा हुने मिस नेपाल नर्थ अमेरिका २०१८ को लागि प्रथम मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठलाई आधिकारिक होस्ट (कार्यक्रम प्रस्तोता)मा नियुक्ति गरिएको छ ।

adsads

उनलाई मिस नेपाल नर्थ अमेरिका २०१८ ले हालसालै नियुक्त गरेको आफ्नो आधिकारिक सञ्जाल तथा सामाजिक संजाल मार्फत अधिकारिक रुपमा सार्बजनिक गरेको छ । काठमाडौँमा द हिडेन ट्रेजरको आफ्नो २२ औ तथा मिस नेपालको २३ औ वार्षिकोत्सवको उपलक्ष्यमा नग्मा श्रेष्ठ लाई पहिलो मिस नेपाल युनिभर्स घोषित गरेको थियो ।

मिस नेपाल आयोजना भएको २३ औ वर्ष पुगिसक्दा पनि मिस युनिभर्समा नेपालबाट सहभागिता हुन सकेको थिएन। गत बर्ष सन् २०१७ को मिस नेपालको आयोजना भएसँगै द हिडेन ट्रेजरले नेपालबाटै मिस युनिभर्समा सहभागी हुन पाउने अधिकार पाएपछि सन् २०१२ कि मिस नेपाल अर्थ समेत रहेकी नग्मालाई उक्त उपाधि दिदै मिस युनिभर्समा पठाएको थियो ।

यसै गरि उनि मिस युनिभर्समा सहभागी हुन नग्मा गत बर्ष नोभेम्बर ५ मा अमेरिका आएकी थिइन् । २०१२ कि मिस नेपाल अर्थ भएकी नग्मा फिलिपिन्स मा अन्तिम ८ औ स्थानमा पुनग सफल भएकी नग्मा यस्तो अन्तरराष्ट्रिय प्रतियोगितामा पुग्ने पहिलो नेपाली प्रतियोगी भएकी थिइन् ।

यसको साथै नग्मा वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१६ तथा मिस ईको युनिभर्स नेपाल २०१६ पनि भएकी छिन् । उनि कार्यक्रम प्रस्तोता,मोडल(प्रतिरूप)तथा सामाजिक कार्यकर्ता समेत हुन् । यसको साथै मिस नेपाल नर्थ अमेरिकाको नेपालका प्रसिद्ध तथा चर्चित डिजाइनर्स (रूपकार)मा स्वेता आचार्य तथा ममता गुरुङ जोशीलाई आधिकारिक डिजाइनर्स (रूपकार)लाई नियुक्त गरेको छ ।

स्वेता आचार्य अमेरिका मै केहि बर्ष अध्ययन गरेर हाल नेपालमै भेषभुषाको क्षेत्रमा होमिएकी छिन् भने २३ बर्ष कै उमेरमा उनले आफ्नो आफू भित्र रहेको शिप र कलाको माध्यमद्वारा आफ्नो नाम स्थापना गर्न सफल रहेकी छिन् ।

यसै गरि ममता गुरुङ जोशी मिम्ज नामकारण स्थापित गर्दै आफ्नो चिनारी बनाउन सफल भएकी छिन् भने उनले आईईसीबाट फेशन डिजाईनिङ्ग ईन्सटिट्युट (संस्था )बाट शिक्षा प्राप्त गरेकी छिन् । यसको साथै उनले टिजीआइएफ सप्ताहमा आफ्ना सङ्कलन प्रस्तुति गरि चर्चा कमाएकी छिन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More