प्रथम हिमालयन गोल्डकप प्रतियोगिताको टाईसिट सार्वजानिक

13 February, 2017 15:50 | खेल , जापान | comments | 11250 Views

himalayan-gold-cup

हाईजिमा युथ क्लवको आयोजनामा आगामी फेब्रुअरी २६ तारिकमा हुन लागेको प्रथम हिमालयन गोल्डकप फुटवल प्रतियोगिताको टाईसिट सार्वजानिक गरिएको छ ।

आइतवार हाईजिमा नेपाली किचन रेष्टुरेन्टमा आयोजित एक समारोहकाबीच प्रतियोगिताको टाईसिट सार्वजानिक गरिएको हो । हाईजिमा युथ क्लवका अध्यक्ष अखिल लामाका अनुसार कुल २०का विभिन्न पदाधिकारीहरुको सहभागितामा चार समुहमा क्लवको टाईसिट तयार गरिएको हो ।

प्रतियोगितामा सहभागि क्लवका पदाधिकारीहरुसंग सो अवसरमा विभिन्न नियमबारेमा छलफल तथा जानकारी दिईएको समारोहमा गोला प्रथाद्धारा टिमको छनौट गरियो ।

जस अन्र्तगत समुह ए मा काल भैरव क्लव तोचिगी, सनसाईन क्लव, किरात राई क्लव, फुस्सा गाईज र तामाङ युथ क्लव परेका छन। यस्तै समुह बी मा राईजिङ नेपाल फुटवल क्लव, टोकियो ब्रर्दश, हाईजिमा युथ क्लव बी, ब्रर्दश युनाईटेड र लमजुङ फुटवल क्लवले भिडने पक्का भएका हुन् ।

यसै गरी समुह सी मा राईजिङ नेपाल बी, हाईजिमा क्लव ए सहित बागेश्वरी फुटवल क्लव, सुभरासी क्लव र रोयल फुटवल क्लव रहेको छन भने समुह डी मा तमुधीँ जापान, टोकियो ब्रर्दश बी, नेपाल युनाईटेड, काभ्रे समाज र ब्लुरे फुटवल क्लववीच प्रतिस्पर्धा हुनेछ ।

लीग कम नक आउट आधारमा हुने प्रतियोगिताको विजेताले नगद दुई लाख वाईस हजार दुई सय बाईस सहित उप विजेताले एक लाख एक हजार एकसय एघार सहित शिल्ड हात पार्ने छन भने व्यक्तिगत तर्फ म्यान आफ द सिरिज, वेस्ट किपर र हाई स्कोररलाई पुरस्कृत गरिने अध्यक्ष लामाले जानकारी दिए ।

टाईसिट सार्वजानिक समारोहमा हाईजिमा युथ क्लवका विभिन्न पदाधिकारीहरु सहित युवा व्यवसायी युवराज अधिकारी, फुटवल प्रशिक्षक शिव खडका लगायतको सहभागिता रहेको थियो । हाईजिमा युथ क्लवका महासचिव मनोज श्रेष्ठको संचालनमा भएको कार्यक्रमलाई नेपाल जापान डटकमले फेसबुक पेजबाट लाईभ गरेको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More