प्रदेशसभाको बैठक दुई पटक स्थगित प्रदेशसभाको बैठक दुई पटक स्थगित

  • प्रदेशसभाको बैठक दुई पटक स्थगित
  • प्रदेशसभाको बैठक दुई पटक स्थगित
  • प्रदेशसभाको बैठक दुई पटक स्थगित
  • प्रदेशसभाको बैठक दुई पटक स्थगित
  • प्रदेशसभाको बैठक दुई पटक स्थगित
  • प्रदेशसभाको बैठक दुई पटक स्थगित

प्रदेशसभाको बैठक दुई पटक स्थगित

31 March, 2018 14:02 | प्रदेश , प्रदेश ७ | comments | 98400 Views

प्रदेशसभाको बैठक दुई पटक स्थगित

प्रदेश नं ७ को प्रदेशसभा बैठकमा छलफलका विषय केही नभएपछि तोकिएको प्रदेशसभा बैठक पनि पछिल्ला केही दिनमा दुई पटक स्थगन गर्नुपरेको छ ।

बैठकमा छलफलका लागि प्रस्ताव गरिने विधेयक समयमै प्रदेश सचिवालयमा दर्ता हुन नसकिरहेको कारण बैठक स्थगन गर्नुपरेको प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले बताउनुभयो ।

adsads
“आर्थिक मामिला मन्त्रालयबाट विधेयक आउँछ भन्ने सूचनाका आधारमा बैठक बस्ने मिति तोक्ने गरिएको हो”, शर्माले भन्नुभयो,“तर सम्बन्धित मन्त्रालय÷निकायबाट प्रदेश सचिवालयमा विधेयक दर्ता गर्न भइरहेको ढिलाइले मिति स्थगन गर्नुपरेको छ ।”

समयमै विधेयक दर्ता हुन नसक्दा प्रदेशसभाको यही चैत १५ गतेका लागि तोकिएको बैठक स्थगन गर्नुपरेको थियो । स्थगित बैठक शनिबार बस्ने भनिएकामा पुनः स्थगन गर्नुपरेको छ । आगामी बैठक चैत २० गतेका लागि तोकिएको सचिव शर्माले जानकारी दिनुभयो ।

बिहीबार साँझ मात्र प्रदेशसभा आर्थिक कार्यविधि ऐन सचिवालयमा दर्ता गरिएको छ । प्रदेशसभा नियमावलीका अनुसार सरकारी विधेयक दर्ता भएको पाँच दिनपछि र गैरसरकारी विधेयक दर्ता भएको सात दिनपछि मात्र छलफलका लागि प्रदेशसभाको बैठकमा छलफलका लागि लैजानुपर्ने हुन्छ ।

प्रदेशसभा बैठकले अहिलेसम्म प्रदेशसभा नियमावली २०७४ लाई मात्र पारित गर्न सकेको छ । चाहिने नियम कानून समयमै नबनेका कारण प्रदेश सरकार सञ्चालनमा कठिनाइ भएको बताइएको छ । नेपालको संविधानको अनुसूचीले तोकेका विषयमा कानून बनाउने अधिकार प्रदेशसभालाई छ ।

प्रदेश ७ का मुख्य न्यायाधिवक्तालाई शपथ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
प्रदेशसभाको बैठक दुई पटक स्थगित

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More