प्रदेशसभामा दुई प्रतिवेदन प्रस्तुत
प्रदेश नं ४ को बुधबार बसेको प्रदेशसभा बैठकमा दुई प्रतिवेदन प्रस्तुत भएको छ ।
बैठकमा प्रदेशसभा सदस्य एवं विधायन समितिका ज्येष्ठ सदस्य कृष्णचन्द्र नेपालीले प्रदेश सरकारका सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि सम्बन्धमा बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी विधेयक विधायन समितिको प्रतिवेदनसहित सभामा प्रस्तुत गर्नुभयो ।
पृथ्वी राजमार्गको स्तरोन्नतिमा जोड
प्रदेशसभाको बुधबारको बैठकमा शून्य एवं विशेषमा बोल्ने सदस्यले पूर्वाधार विकासको अभावमा सम्भावनायुक्त स्थलसमेत ओझेलमा परिरहेको भनी ध्यानाकर्षण गराउनुभयो । सदस्य आशा कोइरालाले प्रदेश नं ४ को केन्द्र पोखराको मुख्य प्रवेशद्वारका रुपमा रहेको पृथ्वी राजमार्गको स्तरोन्नति तदारुकताका साथ हुनुपर्नेमा जोड दिनुभयो ।
प्रदेश सदस्य इन्द्रधारा विष्टले मुक्तिनाथलाई विशेष धार्मिक क्षेत्र घोषणा गरी प्रचारप्रसारको माध्यमबाट धार्मिक पर्यटन प्रवद्र्धनमा जोड दिइनुपर्ने उल्लेख गर्नुभयो । सदस्य इन्द्रलाल सापकोटाले धवलागिरि अञ्चल अस्पतालमा अपर्याप्त जनशक्तिको कारण यस क्षेत्रका सर्वसाधारणलाई उपचारमा कठिनाइ परेकाले दरबन्दीअनुसारका चिकित्सक र अन्य प्राविधिकको व्यवस्था गर्न माग गर्नुभयो ।
सदस्य कृष्ण थापाले जलस्रोतको भरपूर उपयोगसँगै सडक सञ्जाल विकास एवं विस्तारमा पहल गरिनुपर्ने बताउनुभयो । सदस्य कृष्णचन्द्र नेपालीले नारायणी नदीको किनारामा अस्थायी बसोवास गर्दै आएका लोपोन्मुख बोटे र मुसहर जातिका सर्वसाधारणलाई स्थायी वसोवासको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो ।
विशेष समयमा सदस्यद्वय कृष्णबहादुर थापा र विन्दुकुमार थापाले मणिपाल शिक्षण अस्पतालमा सेवा सुविधाको मागसहित धर्नामा बसेका कर्मचारीमाथि सोमबार भएको प्रहरी हस्तक्षेपको विरोध गर्दै घाइते भएकाको उपचारसहित क्षतिपूर्तिको माग गर्नुभयो ।
अविवाहितालाई सामाजिक सुरक्षा भत्ता माग
सदस्य कोपिला बोहराले पोखरा–बागलुङ राजमार्गको स्तरोन्नति गरिनुपर्ने माग राख्नुभयो । उहाँले अविवाहित महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्नुपर्ने बताउनुभयो । सदस्य दीपक कोइरालाले प्रदेशसभामा भौतिक संरचना कमी भएको र खर्चिलो भएको बताउँदै साविक लेखनाथ नगरपालिकाको कार्यालयलाई उपयोग गर्नेतर्फ ध्यानाकर्षण गराउनुभयो ।
सदस्य हरिशरण आचार्यले फेवाताल वर्षेनी खुम्चँदै गएकाले यसको संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो । सदस्य दिलमाया रोका मगरले बागलुङको कृषि फर्ममा आगलागीबाट भएको रु ७६ लाख बराबरको क्षतिको उचित क्षतिपूर्ति पीडितलाई दिनुपर्ने माग गर्नुभयो ।
सदस्य पियारी थापाले महिला र बालिकामाथि हुने बोक्सी र बलात्कार जस्ता अमानवीय व्यवहारको रोक्नका लागि कडा कानून बनाउनुपर्ने बताउनुभयो । सदस्य चन्द्रमोहन गौचनले कोराला नाका सञ्चालनसहित युरेनियमलगायत महत्वपूर्ण प्राकृतिक स्रोतको उपयोगका लागि चीन सरकारसंँग कूटनीतिक पहल शुरु गरिनुपर्ने बताउनु भयो । सदस्य भागवतप्रसाद मल्लले स्थानीयस्तरमा रहेका अधूरा योजना सम्पन्न गर्न बजेटको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो ।
प्रदेश ४ मा मन्त्रिपरिषदले पूर्णता पायो
तपाईंको प्रतिकृया
ताजा समाचार
- नेपाल सेन्ट्रल जोन भलिबलको सेमिफाइनलमा
- प्रदेश ३ का सांसदको पोषाक कालो कोट र सेतो दौरा सुरुवाल
- दिल्ली टस जितेर बलिङ गर्दैः सन्दीप टोलीमा परेनन्
- सुन तस्करीमा सम्लग्न पूर्व डिआईजी निरौला विरुद्ध मुद्दा
- भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउने
- प्रदेश नं २ मा धार्मिक पर्यटकीय विकास प्राथमिकतामा
- तेजाब खन्याउने प्रहरीविरुद्ध ज्यान मुद्दा
- सोमबार दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार
- भारतीय राजदूतावासको सम्पर्क कार्यालयनजिक बम विस्फोट गराएको अभियोगमा दुई पक्राउ
- आरोले मुढा चिर्दै मजदुर
- हिमालको शोभा बढाउँदै लालीगुराँस
- रसिलो ऐसेलु
- ‘छ लेन‘ सडक निर्माणका लागि सडक क्षेत्रमा बनेको घर भत्काइँदै
- फुगाउँ जाने ढोका
- विवाह समारोहमा हवाई आक्रमण, कम्तीमा ४० जना हताहत
- उत्तर कोरियामा ३२ चिनियाँ पर्यटकको मृत्यु : चीन
- कञ्चनपुरमा २० नयाँ कुष्ठरोगी फेला
- वनेपामा ‘करेन्ट साङ्गीतक यात्रा’
- ५० हजार घुससहित वाणिज्य बैंकका सहायक प्रबन्धक काफ्ले पक्राउ
- पर्यटकीय पदमार्ग निर्माण शुरु
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
नरेन्द्र रौले
रविन्द्र अधिकारी
भरत भुषाल
किशोर सुबेदी


