प्रदेशसभामा पदाधिकारी बन्न १० प्रतिशत थ्रेसहोल्ड

13 April, 2018 22:12 | प्रदेश ५ | comments | 81750 Views

प्रदेश ४ को प्रदेशसभाले पदाधिकारी बन्न १० प्रतिशत थ्रेसहोल्ड कायम हुने कानुन निर्माण गरेको छ । यो विधेयक पारित भएसँगै संसदमा १० प्रतिशत सांसद भएका दलले मात्र संसदीय दलको सचेतक बनाउँन पाउने भएका छन् ।

adsads

यो कानुनले २ साना दल पदाधिकारी पाउनबाट वञ्चित भएका छन् । ६० सदस्य रहेको प्रदेशसभामा नयाँ शक्ति नेपालका २ र राष्ट्रिय जनमोर्चाका ३ सांसदको प्रतिनिधित्व छ। उनीहरुले संसदीय दलको नेता छान्दै सुविधा नपाउने भएका छन् ।

विधेयक निरंकुश अभ्यासको प्रयास भएको भन्दै साना दलका नेताहरुले भने आपत्ति जनाउँदै सच्चाउन माग गरेका छन् ।

जनमोर्चाका सांसद कृष्ण थापाले संविधानले व्यवस्था गरे अनुसारको थ्रेसहोल्ड कटाएर संसदमा पुगेको अवस्थामा पनि अर्को अर्को थ्रेसहोल्ड कायम गर्नु निरंकुश दलीय अभ्यास भएको टिप्पणी गरे । नयाँ शक्तिका सांसद हरिशरण आचार्यले संविधानले तोकेको थ्रेसहोल्डभन्दा माथि राखेर जनताले पठाएको अवस्थामा ठूला दलले त्यसलाई रोक्ने अधिकार नभएको बताए ।

यो साना दललाई दबाएर ठूला दलले बाँडीचुँडी खाने काम भएको टिप्पणी उनीहरुले गरेका छन् ।

नेपाली कांग्रेसका सांसदले समेत थ्रेस होल्डप्रति असहमति जनाएका छन् । कांग्रेस सांसद दोबाटे विकले ५ दल सदभागी रहेको संसदमा २ साना दललाई बायस गर्ने गरी राखिएको थ्रेसहोल्डको पुनर्विचार गर्न आग्रह गरे ।

कानुनमन्त्री हरिबहादुर चुमानले कुनै दललाई संसदमा प्रतिबन्ध लगाउन नभई सेवा सुविधाका हिसाबले मात्रै पदाधिकारीमा थ्रेसहोल्ड राखिएको बताए । एमाले र माओवादीका सांसदको बहुमत भएकाले उक्त विधेयक पारित भएको थियो ।

नेपाली कांग्रेसका सांसद कुमार खड्काले सांसदमा नियमापत्ति जनाएका छन् । खड्काले शून्य तथा विशेष समयमा सांसदले उठाएका विषयको लत्याइएको भन्दै नियमापत्ति जनाएका हुन् ।

शून्य तथा विशेष समयमा सांसदले उठाएका विषयमाथि सरकारका मन्त्रीले ७ दिनभित्र त्यसको जवाफ दिनुपर्ने संविधानमै उल्लेख भए पनि १४ दिन बितिसक्दा पनि त्यसको बेवास्ता गरिएकोमा खड्का नियमापत्ति जनाए ।

सांसदले जनताका समस्या, पीडा र आवाजलाई संसदमा समामुखमार्फत उठाएका विषयको सम्बन्धित मन्त्रीले ७ दिनभित्र जवाफ दिनुपर्ने व्यवस्था छ ।

चैत १६ गतेदेखि संसदमा उठाएको विषयमा १४ दिनभित्र पनि जवाफ नदिनु चिन्ताको विषयमात्रै होइन खेदजनक विषय बनेको सांसद खड्काले सदनमा भने । सभामुख नेत्रनाथ अधिकारीले आउँदो बैठकमा मन्त्रीले सांसदले उठाएको विषयको जवाफ दिने जानकारी दिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More