प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधन

14 May, 2018 18:14 | प्रदेश ३ , राजनीति | comments | 18600 Views

 

प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको आज (सोमबार) दिउँसो १ बजे काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा निधन भएको छ । 

विसं २०२४ फागुन ११ गते चाँगुनारायण नगरपालिका–६, नगरकोट, तेलकोटमा जन्मनुभएका ५१ वर्षीय लामिछानेको उपचारका क्रममा निधन भएको हो । आइतबार अस्पतालमा भर्ना भएका लामिछानेलाई मस्तिष्कघात भएको डाक्टरले पुष्टि गरेका छन् ।

भक्तपुर निर्वाचन क्षेत्र नं १ प्रदेश नं १ (ख) नेकपा (एमाले) बाट निर्वाचित हुनुभएका लामिछाने नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीका सचिवसमेत हुनुहुन्थ्यो । उहाँको श्रीमती, एक छोरा र तीन छोरी छन् ।

आज अपराह्न ४ः३० बजे उहाँको पशुपति आर्यघाटमा श्रद्धाञ्जलिका लागि दुई घण्टा राखेर साँझ अन्तिम संस्कार गरिने नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले जानकारी दिएको छ ।

प्रदेशः ३ का प्रदेश सदस्य लामिछानेको स्वास्थ्य अवस्था गम्भीर

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!