प्रदेशसभा ५ को सभामुखमा घर्ती निर्विरोध

13 February, 2018 21:54 | राजनीति | comments | 88500 Views

प्रदेश ५ को प्रदेशसभा सभामुखमा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्विरोध चयन भएका छन् । बुधबार बस्ने प्रदेशसभाले यसलाई औपचारिकता दिनेछ ।

adsads

सभामुखका लागि पूर्वी रुकुम प्रदेशसभा (ख) बाट निर्वाचित घर्तीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । प्रदेश ५ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बहुमत छ ।

दुई पार्टीको सहमति अनुसार यस प्रदेशमा मााओवादीले सभामुख पाएको छ । बुधबारको बैठकमा जेष्ठ सदस्य बलदेव शर्मा पोखरेलले घर्तीलाई सभामुख घोषणा गर्ने र शपथ ग्रहण गर्ने प्रदेश ५ को सचिवालयले जनाएको छ ।

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पदयात्री

फेसबुक

पदयात्री

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!