प्रदेशसभा ७ः हिउँदे अधिवेशन अन्त्य

3 May, 2018 23:14 | प्रदेश , प्रदेश ७ | comments | 81450 Views

प्रदेश नं ७ को प्रदेशसभाको हिउँदे अधिवेशनको बिहिबार अन्त्य गरिएको छ ।

प्रदेशसभाको बिहिबारको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको सचिवालयबाट हिउँदे अधिवेशन अन्त्य गरिएको सम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।

adsads
यस अवधिमा बसेका प्रदेशसभाका बैठकले प्रदेश नं ७ को प्रदेशसभा नियमावली २०७४ पारित गर्नाका साथै प्रदेशसभा नियमावलीबमोजिम प्रदेश सभामा रहने विषयगत समितिको गठन गरेको छ ।

यसैगरी प्रदेश सरकारको आर्थिक कार्यविधि नियमावली तथा व्यवस्था गर्न बनेको विधेयक २०७४, प्रदेश सरकारको चालु आर्थिक वर्षको बाँकी अवधिको बजेट तथा विनियोजन विधेयक २०७५ र प्रदेशसभाका सदस्यहरुको मर्यादाक्रमसम्बन्धी संकल्प प्रस्ताव समेत पारित भएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More