प्रदेशस्तरीय औद्योगिक व्यापार, पर्यटन तथा कृषि महोत्सव

10 February, 2018 13:27 | कर्पोरेट/पर्यटन | comments | 18600 Views

प्रदेश नं ६ को अस्थायी राजधानी वीरेन्द्रनगरमा शुक्रबारदेखि ‘प्रदेशस्तरीय व्यापार, पर्यटन तथा कृषि महोत्सव २०७४’ शुरु भएको छ ।

प्रदेश प्रमुख दुर्गाकेशर खनालले महोत्सवको उद्घाटन गर्दै दैलेखको पञ्चकोशी, मुगुको रारा र हुम्लाको मानसरोवर जोड्ने कर्णाली करिडोरको विकास गर्नुपर्ने औँल्याउँदै विकासका लागि सरकार तथा निजी क्षेत्रलाई सहकार्य गरेर अघि बढ्न अनुरोध गर्नुभयो ।

महोत्सवमा ४०९ कक्ष रहेको मूल समारोह समितिका संयोजक तथा नेपाल उद्योग वाणिज्य महासंघ ६ नं प्रदेश समितिका अध्यक्ष पदमबहादुर शाहीले जानकारी दिनुभयो । महोत्सव आगामी फागुन ८ गतेसम्म चल्नेछ ।

काठमाण्डौँ र पोखरामा जापानी चलचित्र महोत्सव

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More