प्रदेश आकस्मिक कोष सञ्चालन विधेयकलाई सहमति दिने निर्णय

12 April, 2018 10:06 | प्रदेश ४ | comments | 16200 Views

प्रदेश नं ४ को बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश आकस्मिक कोष सञ्चालनसम्बन्धी विधेयकको शैद्धान्तिक सहमति प्रदान गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णयबारे पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराउँदै सरकारका प्रवक्ता रामशरण बस्नेतले प्रदेश सरकारको इ–गभरमेन्स गुरुयोजना सम्बन्धमा बैठकमा छलफल भएको जानकारी दिनुभयो ।

चालू आर्थिक वर्षका बाँकी समयका लागि नीति तथा कार्यक्रम सम्बन्धमा बैठकमा छलफल भएको जानकारी दिँदै उहाँले सकेसम्म वैशाख ३ गते नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको बताउनुभयो ।

सरकारले यसअघि घोषणा गरेका कार्यक्रमलाई अब आउने नीति तथा कार्यक्रममा समावेश गरिने उहाँले जानकारी दिनुभयो ।

प्रदेशसभाबाट बजेट पास भइनसकेको अवस्थामा तत्काल राहत, उद्धारलगायतका कामका साथै बजेटले सम्बोधन गर्न नसकेका कुनै आकस्मिक रुपमा गर्नै पर्ने कार्यक्रमका लागि पनि आकस्मिक कोष उपयोग हुने सो अवसरमा जानकारी दिइयो ।

प्रहरीले फेला पार्यो नक्कली प्रमाणपत्र र सरकारी छाप बनाउने कारखाना

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More