प्रदेश नंं ४ को नाम ‘तमुवान–मगरात’ राख्न माग

6 July, 2018 09:52 | प्रदेश , प्रदेश ४ | comments | 11250 Views

विभिन्न आदिवासी संघसंगठनले प्रदेश नं. ४ को नाम ‘तमुवान–मगरात’ नामकरण गर्न माग गरेका छन् ।

सात आदिवासी जनजाति संगठनले बिहिबार विज्ञप्ति जारी गरी प्रदेश नं. ४ को ऐतिहासिक सभ्यता, पहिचान र भावनालाई कदर गर्न ‘तमुवान–मगरात’ राख्नुपर्ने प्रदेश संसद् र सरकारसँग माग गरेको हो ।

adsads
सङ्गठनका अनुसार कूल जनसंख्याको ३७ प्रतिशतभन्दा बढी आदिवासी जनजाति प्रदेश नंं ४ मा बसोबास गर्छन् ।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगतबहादुर बराम, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष, रेशम गुरुङ, नेपाल मगर संघका अध्यक्ष नवीन रोका मगर, नेवाः देय् दबुका अध्यक्ष नरेश ताम्राकार, नेपाल शेर्पा संघका वरिष्ठ उपाध्यक्ष लाक्पा शेर्पालगायतले आज विज्ञप्ति जारी गरी आदिवासी जनजाति आन्दोलनको समसामयिक प्रमुख माग भनेको पहिचान र अधिकार रहेको उल्लेख गदै प्रदेश नं. ४ को नामाङ्कन ऐतिहासिक मानव सभ्यताले विकास गरेको थातथलोलाई सम्बोधन हुने गरी तमुवान–मगरात’ राख्न माग गर्नुभएको हो ।

प्रदेश ४ को राजधानी पोखरा, नाम गण्डकी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...
फाइनल
क्रोयसिया Vs फ्रान्स
जुलाई १५, ८:४५ PM

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More